नेभिगेसन मेनु

हिमाल सफाइ टोलीलाई झन्डा हस्तान्तरण
सम्पादक:南亚网络电视
समय:2023-03-31 14:10

Untitled-1

पोखरा, चैत १७ गते । अन्नपूर्ण हिमाल सफाइमा जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको छ । महानगर प्रमुख आचार्यले सहसेनानी भीमबहादुर भुजेललाई झन्डा हस्तान्तरण गर्नुभएको हो । 

उहाँले माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खलाहरूको काखमा रहेको सहर भएकाले सफा र सुन्दर हिमालबिनाको पोखरा सहर  कल्पनासम्म गर्न नसकिने बताउनुभयो । उहाँले हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिकाको साथ सहयोग रहेको छ भन्दै पछिल्लो समय हिमालमा बढेको मानवीय क्रियाकलापका कारण फोहोरसँगै वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएकाप्रति चिन्ता व्यक्त गर्नुभयो । 

सर्वसाधारणको सहज पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने भएकाले यस कार्यका लागि सेनाले देखाएको साहसिक काम सराहनीय भएको उहाँले बताउनुभयो । सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाले १५ लाख रुपियाँ आर्थिक सहयोगसमेत गरेको छ । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी दीपककुमार बानियाले हिमालहरूमा थुप्रिएको फोहोर समयमा नै व्यवस्थापन गर्न सकियो भने गम्भीर प्रकृतिका वातावरणीय प्रभावबाट जोगिन सकिने बताउनुभयो । नेपाली सेनाले स्वच्छ हिमाल अभियानअन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको सफाइ गर्न लागेको जानकारी उहाँले दिनुभयो । हिमाल तथा बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्टिकोणले चुनौती र चिन्ताको विषय बनिरहेको उहाँले उल्लेख गर्नुभयो ।

सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई आठ हजार मिटरभन्दा माथिका सबै हिमालहरूमा सञ्चालन गरिने उपरथी बानियाले जानकारी दिनुभयो । सेनाले सन् २०२१ मा धौलागिरि र सन् २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ । सन् १९३० को दशकदेखि सगरमाथाको आरोहणपूर्व आरोहीले गर्ने पूर्वअभ्यासका क्रियाकलापहरू आठ हजार मिटरमाथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको प्रमुख सेनानी किशोर अधिकारीले बताउनुभयो । 

अन्नपूर्ण हिमाल आरोहण गर्नेहरू सङ्ख्यामा वृद्धि हुनु र हिमालमा धेरै फोहोर डम्प भइरहेको शेर्पाहरूको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वातरोहण सङ्घ, हिमालयन उद्धार सङ्घ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाललगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर