नेभिगेसन मेनु

फिलिपिन्समा डुंङगा दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु , २८ बेपत्ता
सम्पादक:南亚网络电视
समय:2026-01-27 11:46

 

 capture-2612026051503-1000x0

काठमाडौँ — दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा ३५० भन्दा बढी यात्रु बोकेको एउटा डुङ्गा पल्टिएको छ । दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सोमबार मध्यराति जाम्बोआङ्गा बन्दरगाह शहरबाट दक्षिणी सुलुस्थित जोलो टापुतर्फ जाँदै एमभी त्रिशा केर्स्टिन ३ नामक यात्रुवाहक डुङगा दुर्घटनामा परेको हो । फिलिपिन्सको तटरक्षक दस्ताले यस डुंगामा ३ सय ३२ यात्रु र २७ जना चालक दलका सदस्य सवार रहेको जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १:५० बजे यस डुंगाले खतराको संकेत जारी गरेको थियो ।

दक्षिणी मिन्डानाओ जिल्लाका तटरक्षक कमाण्डर रोमेल दुआले एएफपी समाचार संस्थालाई बताएअनुसार अहिलेसम्म कम्तिमा ३१६ जनाको उद्धार गरिएको छ, जसमध्ये १५ जनाको मृत्यु भएको पुष्टि भएको छ र २८ जना अझै बेपत्ता छन् ।

'अपरेसनमा मद्दत गर्न तटरक्षकको विमान पनि आउँदैछ। नौसेना र वायुसेनाले पनि आफ्नो सम्पत्ति पठाएको छ,' दुआले एएफपीलाई बताए । बासिलानका आपतकालीन उद्धारकर्ताहरूले उद्धार गरिएकाहरूलाई आवश्यक उपचारका लागि राजधानी इसाबेलास्थित अस्पतालमा ल्याइएको बताएका छन् ।

मिन्डानाओका तटरक्षक कमाण्डर दुआले डुङ्गा डुब्नुको कारण तत्काल स्पष्ट नभएको र यसबारे अनुसन्धान गरिने बताए। जाम्बोआङ्गा बन्दरगाह छोड्नुअघि तटरक्षकले डुङ्गा खाली गराएको र त्यहाँ ओभरलोडिङको कुनै संकेत नदेखिएको उनले बताए ।

फिलिपिन्स द्वीपसमूहमा बारम्बार आँधीबेहरी, पुराना जहाजहरू, अत्यधिक भीडभाड र दुर्गम प्रान्तहरूमा सुरक्षा नियमहरूको कमजोर पालनाका कारण बेला-बेला दुर्घटना निम्तने गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर