नेभिगेसन मेनु

मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, १०० घाइते
सम्पादक:南亚网络电视
समय:2025-12-29 12:50

 

 mexico-rail_Ag63eFgWM4

मेक्सिको सिटी । मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । करिब १ सय जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ ।

मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच यात्रा गरिरहेको रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्यहरू थिए । 

९८ जना घाइते भएको र यीमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको नौसेनाले बताएको छ । निजान्डा सहर नजिकै मोडमा घुम्ने क्रममा रेल पटरीबाट खसेको अधिकारीहरूले भनेका छन् । दुघर्टनाको अनुसन्धान भइरहेको मेक्सिकोका महान्यायाधिवक्ताले पुष्टि गरेका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बताएकी छन् । नौसेना सचिवसहित उच्च‍स्तरका अधिकारीहरू दुर्घटनास्थलमा गइरहेका उनले जानकारी दिइन् ।दुर्घटनास्थलका तस्बिरहरूमा उद्धारकर्मीहरूले यात्रुहरूलाई रेलबाट ओर्लन मद्दत गरिरहेको देखाइएको छ।

लिकबाट खसेको रेल भिरको छेउमा ढल्केको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर