नेभिगेसन मेनु

इरानमा जारी विरोध प्रदर्शनमा हजारौँको मृत्यु भएको खामेनीले गरे स्वीकार
सम्पादक:南亚网络电视
समय:2026-01-18 13:28

 

 khamani_s7uevCwzCn (1)

तेहरान । गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्वीकार गरेका छन् । देशमा दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको अशान्तिको क्रममा हजारौँ इरानीहरू मारिएको शनिबार उनले स्वीकार गरेका हुन् । 

यी सबै मृत्युका लागि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । अमेरिकी सैन्य सहयोग दिने वाचा गरेर उनले प्रदर्शनकारीहरूलाई खुलम खुला खुला प्रोत्साहित  गरेको उनले बताए ।

आफ्नो वेबसाइटमा राष्ट्रको नाममा दिएको भाषणमा खामेनीले ट्रम्पलाई अपराधी भनेका छन् । डिसेम्बरको अन्त्यमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा हताहत र क्षति दुवैको लागि उनै जिम्मेवार रहेको भनिएको छ । अमेरिकी डलरको तुलनामा इरानी मुद्राको भाउ कीर्तिमानी न्यून स्तरमा आएपछि उत्पन्न जीवनयापन संकटको विरोधमा इरानी जनता डिसेम्बर २८ मा सडकमा उत्रिएका थिए ।

विरोध प्रदर्शनलाई दबाउन इरानको सुरक्षा बलको अपाइरहेको क्रूर रणनीतिबारे भने भाषणमा खामेनीले नाम लिएका छैनन् । साक्षीहरू र मानव अधिकार समूहहरूले सडक र छतबाट प्रदर्शनकारीहरूमाथि सरकारी सेनाले गोली चलाएको भनिरहेका छन् । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार अशान्तिमा ३ हजार भन्दा बढी मानिसहरू मारिएका छन् । आफूले यो तथ्याङ्क स्वतन्त्र रूपमा प्रमाणित नगरेको सीएनएनले समाचारमा भनेको छ ।

शनिबार आफ्नो टेलिभिजन सम्बोधनमा खामेनीले प्रदर्शनमा संलग्न दङ्गाकारीहरू अमेरिका र इजरायलद्वारा समर्थित/वित्त पोषित र प्रशिक्षित व्यक्तिहरू र तिनीहरूबाट प्रभावित युवाहरू गरी दुई वर्गमा वर्गीकृत गरेका थिए । युवाहरूले विद्युत् उद्योग सुविधाहरू, मस्जिदहरू, शैक्षिक संस्थानहरू, बैंकहरू, चिकित्सा सुविधाहरू र किराना पसलहरूमा क्षति पुर्‍याएको बताइएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर