नेभिगेसन मेनु

गाजामा इजरायलको आक्रमणमा तीन पत्रकारसहित ११ प्यालेस्टिनीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-01-23 12:29

 

 gaza-2212026064459-1000x0

काठमाडौँ — गाजामा बिहीबार बिहान इजरायली सेनाको आक्रमणबाट दुई बालबालिकासहित कम्तिमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ । सीमा क्षेत्र नजिकै रहेको एक गाडीमा बम आक्रमण हुँदा आसपासका मानिसहरु मारिएका हुन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्युहुनेमा तीन पत्रकार समेत छन् । पत्रकारहरु मोहम्मद क़ेश्ता,अब्दुल रऊफ शाथ र अनस घुनैम सेन्ट्रल गाजास्थित नाटजरिम कोरिडोरमा इजिप्टको सहयोगको नियमनगर्न बनाइएको कमिटीका विषयमा रिपोर्टिङ गरिरहेका थिए ।

उनीहरु बिस्थापितहरूको नयाँ शिविरमा मानवीय सहयोगसम्बन्धी विवरण संकलन गरिरहेका बेला बम हमलामा परेका हुन् । कमिटीका अध्यक्ष माहेम्मदमन्सुरले नयाँ शिविरमा भिडियो सुट गरिरहेको समय उनीहरु मारिएको बताएका छन् । इजरायलको नियन्त्रणमा रहेको इलाकाभन्दा ५ किलोमिटर पर यो आक्रमण भएको उनलेबताए ।

इजरायली सेनाको रेडियोले इजरायली सुरक्षास्रोतको हवाला दिदैं केन्द्रीय गाजास्थित एक गाडीलाई इजरायली वायु सेनाले निशानाबनाएको जनाएको छ । उक्त गाडीमा बसेर मानिसहरुले सेनाको गोप्य गतिविधि खिच्नका लागिड्रोन प्रयोग गरेको पनि इजरायली सेनाको दाबी छ ।

 

मध्य गाजामै भएको इजरायलको अर्को आक्रमणमा एकैपरिवारका तीनजना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । देर इलबालाहस्थित अल अक्सा सहिद अस्पतालका अनुसार बाबु, छोरा र अर्का एक आफन्त यस आक्रमणमामारिएका थिए ।

 

त्यसैगरी, दक्षिणी गाजामा इजरायली सेनाले गरेका दुई फरक आक्रमणमा १३ वर्षका एक बालक र ३२ वर्षकी एक महिलाको मृत्यु भएको छ ।

गत १० अक्टुबरमा अमेरिकाको मध्यस्थतामा इजरायलर हमासबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो । तर इजरायलले यस सम्झौता पटक–पटकउल्लंघन गरेको प्यालेस्टिनी अधिकारीहरुको आरोप छ ।

इजरायलले गाजामा खाद्यान्न, औषधीर आश्रयस्थलका लागि आवश्यक टेन्टलगायतका सामाग्रीको ढुवानीमा पनि अवरोध गरिरहेको छ। जसकारण, जाडोयाममा यहाँको झन्डै २२ लाख जनसंख्या प्रभावित छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर