नेभिगेसन मेनु

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ६६ घाइते
सम्पादक:南亚网络电视
समय:2026-01-15 12:18

 

 ScreenShot_2026-01-15_100234_500

बैंकक । थाइल्याण्डको उत्तर–पूर्वी क्षेत्रमा एउटा ठूलो निर्माण क्रेन गुडिरहेको रेलमाथि खस्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। उक्त भयावह दुर्घटनामा ६६ जना घाइते भएका छन्। 

क्रेनले रेललाई लिकबाट उतार्नुका साथै केही डिब्बाहरूलाई किचेको थियो, जसमध्ये एउटा डिब्बामा आगलागी समेत भएको अधिकारीहरूले जनाएका छन्। घाइते हुनेहरूमा एक वर्षको बच्चादेखि ८५ वर्षका वृद्धसम्म छन्। अस्पतालमा उपचाररत मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ।

स्थानीय समयअनुसार बिहान करिब ९ बजे भएको उक्त दुर्घटनाको समयमा रेलमा १७१ जना यात्रु सवार थिए। बैंककबाट उबोन रात्चाथानी प्रान्ततर्फ जाँदै गरेको उक्त रेलमा अधिकांश विद्यार्थी र कामदारहरू रहेका थिए। क्रेनले ठूलो कंक्रिटको खण्ड उठाउँदै गर्दा अचानक सन्तुलन गुमाएर रेलमाथि बजारिएको र त्यसलगत्तै धेरै डिब्बाहरू क्षतिग्रस्त भएका थिए। प्रत्यक्षदर्शीका अनुसार कंक्रिटका साना टुक्राहरू खस्न सुरु भएको केही सेकेन्डमै विशाल क्रेन रेलमाथि खसेको थियो। यो सबै घटना एक मिनेटभन्दा कम समयमै भएको थियो।

दुर्घटनामा बाँच्न सफल रेलका कर्मचारी थिरासाक वोङसुङ्नर्नले क्रेन खस्नेबित्तिकै सबै यात्रुहरू उछिट्टिएको र ठूलो आवाजका साथ रेल थिचिएको बताए। थाइ स्टेट रेलवेले दुर्घटनाको जिम्मेवारी लिँदै निर्माण कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउने घोषणा गरेको छ। 

निर्माण कार्यमा संलग्न 'इटालियन–थाई डेभलपमेन्ट कम्पनी'ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ।

अहिले घटनास्थलमा उद्धार कार्य सकिएको छ भने क्षतिग्रस्त रेलका डिब्बाहरू हटाउने काम भइरहेको छ। क्रेन के कारणले खस्यो भन्नेबारे प्राविधिक छानबिन सुरु गरिएको छ। यो दुर्घटनालाई थाइल्याण्डको हालसम्मकै गम्भीर रेल दुर्घटनामध्ये एक मानिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर