नेभिगेसन मेनु

इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो
सम्पादक:南亚网络电视
समय:2026-01-15 12:10

 

 Iran

दुबई, संयुक्त अरब इमिरेट्स ,माघ १  गते । इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यम बन्द गरेपछि स्थानीय नागरिकले बाहिरका साथीभाइसँग मङ्गलबारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् ।

इरानी राज्य टेलिभिजनले पहिलो पटक मृतकको पुष्टि गर्दै ‘धेरै शहीद’ भएको जनाएको छ । विरोध प्रदर्शन सुरुमा आर्थिक सङ्कटका कारण भएको थियो, तर पछि सर्वोच्च नेता अली खामेनीमाथि असन्तोषको रूपमा रूपान्तरण भएको थियो । प्रदर्शनमा खामेनीको मृत्युको माग गर्ने नारा देखिएका छन् ।

मानवअधिकार समूहका अनुसार मृतक मध्ये दुई हजार ४०३ जना प्रदर्शनकारी, १४७ जना सरकारी सम्बन्धित, १२ जना बालबालिका र ९ जना अन्य सामान्य नागरिक थिए । १८ हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । तेहरानमा भारी सुरक्षा बलको उपस्थिति, सरकारी भवनमा आगो, भत्किएका एटिएम र सडकमा थोरै मानिस देखिएको छ । 

स्थानीयले भने, “मानिस निराश छन्, तर प्रदर्शन जारी राख्ने इच्छा राखिरहेका छन् ।” सुरक्षा अधिकारीले स्टारलिंक सेटेलाइट इन्टरनेट खोजी गरिरहेका छन् । हाल स्टारलिंले इरानमा निःशुल्क सेवा उपलब्ध गराएको छ । इरानमा आर्थिक र राजनीतिक असन्तोषबिच विरोध प्रदर्शन तीव्र भइरहेको छ, र यसबाट मानवधिकार सङ्कट अझ गहिरो बन्न सक्ने देखिन्छ । रासस/एपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर