नेभिगेसन मेनु

अप्रिल २ मा धेरै देशलाई भन्सारमा छुट दिन सकिन्छः ट्रम्प
सम्पादक:南亚网络电视
समय:2025-03-25 13:44

donald-trump

एस् ए टी भी १२ चैत्र, काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पारस्परिक भन्सारका लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ ।

पारस्परिक भन्सारका लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताउनुभयो । लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने जानकारी दिनुभयो ।

अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गर्नुभयो । उहाँले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताउनुभयो । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउनुभयो । 

जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको सुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर