नेभिगेसन मेनु

नडालले लिए संन्यास
सम्पादक:南亚网络电视
समय:2024-11-20 11:45

nadal-1-20112024015734-1000x0

एस् ए टी भी मङ्सिर ५, काठमाण्डौँः राफेल नडाल ‘किङ अफ क्ले’ थिए । तर, उनले सबैखाले टेनिस कोर्टमा पनि उपाधि जिते । उनले जितेको ग्रान्ड स्लाम उपाधि नै २२ पुग्छ । कोर्टभित्र मात्र होइनन्, बाहिर पनि उनी उत्तिकै भलाद्मी छन् । त्यसैले टेनिसप्रेमीमाझ लोकप्रिय मात्र छैनन्, कट्टर प्रतिद्वन्द्वी खेलाडी पनि उनको प्रशंसा गर्छन् । तिनै नडालले विश्व टेनिसबाट संन्यास लिएका छन् । उनको मुख्य विशेषता भन्नु नै म्याराथनजत्तिकै लामो खेल जित्नु हो ।

जितमा जति खुसी हुन्छन् उनी हारमा पनि विपक्षी खेलाडीलाई उत्तिकै सम्मान गर्छन् । स्पेनका लागि डेभिस कप खेलेर उनले यही साता आफ्नो खेलजीवनमा पूर्णविराम लगाउन लागेका हुन् । नडाल भन्छन्, ‘पछिल्लो २० वर्षमा जतिले मलाई भेटेका छन्, ती सबैले मेरोबारे राम्रो सोच्छन् भने त्यो नै धेरै हो ।’

नडालको जन्म सन् १९८६ को जुनमा मार्लोका टापुमा भएको थियो । उनका बुवा सेवास्टिन व्यापारी थिए भने आमा एनाले सन्तान हुर्काउन बाहिरी काम नै छाडिन् । उनका एक काका म्यागुएल एन्जेल नडालले बार्सिलोनाका लागि व्यावसायिक फुटबल खेले । तर उनको भतिजा भने रियल म्याड्रिड समर्थक भएर निस्किए । सानोमा नडालले पनि सडकमै फुटबल खेल्थे । पछि उनी टेनिसमा केन्द्रित भए । यसको कारण थियो, अर्का काका टोनी ।

Nadal retiredसन् २००५ देखि २०१८ सम्म यिनै काकाले नडालको टेनिस खेलजीवनलाई अगाडि बढाउन सहयोग गरे । नडालको खेलको मुख्य विशेषता भन्नु नै बायाँहाते टप–स्पिन फोरह्यान्ड थियो । अनि तिनै काकाले उनलाई एउटा खेलाडी, त्यो भन्दा पनि ठूलो एउटा भलाद्मी पुरुष बन्न प्रेरित गरिरहे ।

केही समयका लागि नडालका प्रशिक्षक अर्को मार्लोकाका पूर्वखेलाडी कार्लोस मोयाज पनि रहे । उनी पनि नडालको खेलबाट खुबै प्रभावित रहे । उनी भन्छन्, ‘प्रशिक्षणका बेला नडालमा गजबको लगन पाइन्छ । उनी राम्रो खेल्नका लागि जहिले पनि प्रेरित रहन्छन् र मिहिनेत पनि गर्छन् । उनी कुनै पनि शट यसरी प्रहार गर्थे कि यसमै उनको जीवन टिकेको होस् ।’ नडाल १४ वर्षकै उमेरमा व्यावसायिक खेलाडी बनेका थिए । सन् २००३ मा १७ वर्षका हुँदा विम्बल्डनमा डेब्यु गरे ।

अनि १८ वर्षको हुँदा उनी त्यही टेनिस टिमका सदस्य थिए, जसले डेभिस कप जितेको थियो । फाइनलको एक एकल खेलमा नडाल विजयी रहेका थिए । सन् २००५ मा उनले पहिलो ठूलो उपाधिका रूपमा फ्रेन्च ओपन जिते । त्यसको १७ वर्षपछि उनले अन्तिम पटक रोलान्ड ग्यारोसमा उपाधि जिते र यो उनको १४ औं फ्रेन्च ओपन रह्यो । नडालले कुल ९२ उपाधि जिते ।

त्यतिमात्र होइन, उनी दुईपल्टका ओलम्पिक स्वर्ण विजेता हुन् । उनी यति धेरै सफल रहे, भलै उनको समय ‘बिग थ्री’ को युग थियो, जसमा रोजर फेडेरर र नोभाक जोकोभिच पनि थिए । यी तीन खेलाडीले एक दशकभन्दा बढी समय विश्व टेनिसमा आफ्नो वर्चस्व कायम राखे । नडाल भन्छन्, ‘यदि कसैले हार स्वीकार्न सक्दैन भने जितमा पनि खुसी मनाउन सक्दैन । खेलाडीले जित र हार दुवै स्वीकार्नुपर्छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर