नेभिगेसन मेनु

अरब र इस्लामिक देशले गरे इजरायलको निन्दा, मध्यपूर्वमा शान्ति स्थापना गर्न अपिल
सम्पादक:南亚网络电视
समय:2024-11-12 12:51

Arab-and-Islamic-Leaders-1024x488

२७ कात्तिक, काठमाडौं । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् ।

साउदी अरबको रियादमा सोमबार भएको अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् ।

सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तान लगायत देशका सरकार र राष्ट्रप्रमुखहरुको सहभागिता थियो ।

सम्मेलनलाई सुरुमा सम्बोधन गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इजरायलको अत्याचारको सीमा नाघेको भन्दै निन्दा गरे र तुरुन्त युद्धविराम गर्न आग्रह गरे । साथै उनले इरानमाथिको इरानको सम्प्रभुताको सम्मान गर्न पनि अपिल गरे ।

उनले संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्णरुपमा स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने भनाइ दोहोर्‍याएका थिए । गत सेप्टेम्बरमा पनि उनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्य नबनेसम्म साउदी अरबले इजरायललाई पनि मान्यता नदिने बताएका थिए ।

सम्मेलनमा प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले गाजा क्षेत्रमा प्यालेस्टाइनको अभिन्न अंग भएको बताए । उनले संयुक्त राष्ट्रसंघले त्यसलाई एक राष्ट्रको रुपमा मान्यता दिन र पूर्ण सदस्यताको मन्जुरी दिन आह्वान पनि गरे ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि प्यालेस्टिनी क्षेत्र र लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरे । उनले लेबनानलाई ‘भाइ’ भनेर सम्बोधन गर्दै त्यहाँका नागरिकलाई आवश्यक सबै सहयोग गर्ने बताए ।

शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा अरब लिगका महासचिव अहमद अबुल घितले संयुक्त राष्ट्रसंघले इजरायलको सदस्यता निलम्बन गर्नुपर्ने बताएका थिए ।

गत आइतबार मात्रै हमासले अरब र इस्लामिक देशहरुको गठबन्धन बनाउन अपिल गरेको थियो ताकि प्यालेस्टिनी नागरिकको सबै अधिकारको रक्षा गर्न सकियोस् । साथै हमासले अरब देशहरुले इजरायलका राजदूतहरुलाई देश निकाला गर्नुपर्ने धारणा समेत राखेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर