१९ कात्तिक, काठमाडौं । डानी ओल्मोको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित गरेको छ ।
हान्सी फ्लिकको बार्सिलोनाले यस सिजन गज्जबको प्रदर्शनलाई कायम राख्दै दोस्रो स्थानको रियल मड्रिडमाथि ९ अंकको अग्रतासमेत बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा ओल्मोले १२औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रत दिलाएका थिए । २३ मिनेटमा कप्तान राफिन्हाले कासाडोको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३१औं मिनेटमा ओल्मोले बाल्डेको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।
स्पानयोलको दुई गोल भिएआरले मान्यता दिएन । २७औं मिनेटमा जोफ्रे कारेरास र ५८औं मिनेटमा अल्भारो टेरेजोको गोल भिएआरले मान्यता दिएन ।
६३औं मिनेटमा जाभी पाउडोले स्पानयोलका लागि एक गोल फर्काएका थिए ।
जितपछि बार्सिलोनाले १२ खेलबाट ३३ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । एक खेल कम खेलेको रियलको २४ अंक छ ।
लस पलमसलाई २-० ले हराएको एट्लेटिको मड्रिड १२ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा छ ।