नेभिगेसन मेनु

दसैँको माहौलमा रोमाञ्चित असन
सम्पादक:南亚网络电视
समय:2024-10-05 16:57

WechatIMG104

एस् ए टी भी , १९ असोज काठमाण्डौँः बजार आफैं सम्पदामा रूपान्तरित भइसकेको कुनै थलो नेपालमा छ भने त्यो असन हो । असन अहिले पसल, डबली, मन्दिर, पाटी, सत्तलमा बसेर केवल बजार चलाइरहेको छैन, काठमाडौं उपत्यकाको शताब्दियौं पुरानो आर्थिक–सामाजिक इतिहासको कथा पनि बताइरहेको छ । 

WechatIMG97

नेपालको राजधानी काठमाडौँको औपचारिक बजार र आवासीय क्षेत्र हो असन। यो बजार/टोल काठमाडौँ सहरका सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थानहरू मध्ये एक हो। असन बजार उत्सव, पात्रो र रणनीतिक स्थानको लागि प्रसिद्ध छ। असनलाई परम्परागत एसियाली नेवारी बजारको एक उत्तम उदाहरणको रूपमा वर्णन गरिएको छ। यहाँ तुलाधर, महर्जन, श्रेष्ठ, बज्राचार्य र शाक्य समुदायको बाहुल्यता रहेको छ।

WechatIMG99

बडा दशैँको अवसरमा किनमेल गर्ने सर्वसाधारणको घुइँचोले सधैँको भन्दा गुलजार छ। सत्तलहरूमा बसाइएका पसलहरूमा चङ्गा र लट्टाईहरू झुण्डाइएका छन्। यसले दशैँको माहोलमा अझै रौनकता थपिदिएका छन्।

WechatIMG95

असनमा मानिसहरु बजार देख्छन्, बजारमा पसल, पसलमा भीड र भीडमा मानिस देख्छन् । तर, पसल–पसलमा च्यापिएर बसेको इतिहास देख्दैनन् । असन एक व्यस्त बजार हो, जो कम्तीमा २०० वर्षदेखि निरन्तर उपभोग्य वस्तुहरु बेचिरहेको छ–किनिरहेको छ ।

WechatIMG96

अहिले सहरका विभिन्न ठाउँमा डिपार्टमेण्टल स्टोरहरू खुल्न थालेका छन् । एउटा पसलमा छिरेपछि अन्त जानुपर्दैन  तर, त्यस्ता पसलहरूको भीडले पनि असनको भीडलाई कम गर्न सकेको छैन । असनका पसलमा पनि अहिले नयाँ–नयाँ उत्पादनहरू देखा पर्न थालि सकेका छन् । समयले खोजेपछि असनले त्यो बेच्नै पर्छ । तर, ती नयाँ उत्पादनको किनबेच भने असनको आफ्नै शैलीमा हुनेगर्छ । ती उत्पादनको विनिमय चरित्र असनमा अहिले पनि त्यही छ, जसरी शताब्दी पहिले हुने गर्थ्यो । असनको बजार व्यवस्थापन र यसको व्यापारिक स्वभावले शताब्दी पहिलेको ‘फ्लेवर’ लाई अहिले पनि छोड्न सकेको छैन । यहाँ बिक्री–वितरण हुने हरेक वस्तुमा असनको वासना आई नै रहेको हुन्छ ।

WechatIMG105

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर