नेभिगेसन मेनु

पुल भत्किँदा राजविराज-कञ्चनपुर सडकखण्ड अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-07-07 12:01

गण्डक-ब्यारेज

असार २२ गते । सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । तिरहुत-२ का वडाध्यक्ष सञ्जीवकुमार यादवले राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिनुभयो । उहाँले बाढीले कोसी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्‍याएको बताउनुभयो । 

यसै गरी मोहुली खोलामा आएको बाढीले कञ्चनपुर नगरपालिका-११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा  खेतीबालीलाई क्षति पुर्‍याएको छ । तिरहुत-२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पुर्‍याएको जानकारी दिनुभयो । 

बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् । रासस 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर