नेभिगेसन मेनु

गुन्जियो नौमतीको नौ सुर
सम्पादक:南亚网络电视
समय:2024-07-03 13:35

ttt

असार १९ गते । नौमती बाजामा सहनाई, दमाहा, ढोलकी, नरसिङ्गा, छ्याली, टेम्का, गुरुदमाहालाई सुर, ताल र रागमा एकरूपता दिन सकिए निकै मीठो सुनिन्छ । सही सुर र तालमा बजाउन नसकिए नौमतीको धुन मधुर हुनुको सट्टा बेसुरा भएर सुन्नै नसकिने हुन्छ । 

विशेष गरी शुभविवाहमा बजाइने रागहरू मङ्गल धुन, बटुवा ताल, डाँडै राग, पात्ले ताल, दुलही अन्माउने र दुलहाको घरमा दुलही भित्र्याउने बेलापछि मनोरञ्जन गर्ने विभिन्न धुन नौमती बाजामा बजाइन्छ । लोकबाजाका रूपमा सबै क्षेत्रमा लोकप्रिय नौमती बाजा परम्परागत रूपमा अभ्यास हुँदै आएको छ । यस बाजाको प्रशिक्षण सञ्चालन गर्दा सुर, ताल र रागमा आधारित गरिएमा लोकबाजा संरक्षणमा सहयोग पुग्ने धारणा सरोकार संस्था र बाजाविज्ञको रहेको छ । नौमतीको धुनको मिठासलाई सधैँ सुमधुर बनाउन सुर, ताल र रागलाई लिपिबद्ध गरेर अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत विज्ञको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागद्वारा आइतबार राजधानीमा आयोजित ‘नौमतीका नौ सुर’ छलफलमा विज्ञहरूले यस्तो सुझाव दिनुभएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली मौलिक बाजाको संरक्षणमा देखिएको चुनौतीलाई जित्न राज्यसहित सरोकारवाला सबै पक्षको सकारात्मक भूमिका आवश्यक पर्नेमा जोड दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर