नेभिगेसन मेनु

भारतीय प्रधानमन्त्री मोदी अर्को साता रुसको भ्रमणमा जाँदै, यस्ता छन् रुसी एजेण्डा
सम्पादक:南亚网络电视
समय:2024-07-03 13:29

WeChat Screenshot_20240703111335

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता रुसको भ्रमण गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदीले जुलाई ८ मा रुसको भ्रमण गर्ने बताएका छन् ।

यद्यपी दुवै मुलुकले भ्रमणको आधिकारिक मिति भने सार्वजनिक गरेका छैनन् ।

रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको पुष्टि गर्दै मिति छिट्टै घोषणा गरिने उल्लेख गरेका छन् । उनले मोदीको रुस भ्रमणको तयारी भने लगभग सकिएको बताए ।

क्रेमलिनले क्षेत्रीय र विश्वव्यापी सुरक्षा, व्यापार जस्ता एजेन्डामा वार्ता गर्ने तयारी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री मोदीको मस्कोमा भेट हुँदा दुवैबीच औपचारिक वार्ता हुने बताइएको छ ।

रुस र भारतको दुईपक्षीय हित अनुकुल हुने गरि संयुक्त आयोजनाका विषयमा छलफल हुने पेस्कोभले बताए ।

रुसले क्षेत्रीय मामिला, क्षेत्रीय सुरक्षा र विश्वव्यापी सुरक्षालाई मुख्य एजेन्डाको बनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर