नेभिगेसन मेनु

रसुवाको सुरुङबाट चिनियाँ नागरिक लुहाइताओको जीवितै उद्धार
सम्पादक:南亚网络电视
समय:2026-09-05 18:21


  

Image_20260905154107_1664_8

काठमाडौं, भदौ २० गते । रसुवामा बाढीपछि सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको नेपाली सेना नेतृत्वको उद्धार टोलीले जीवितै उद्धार गरेको छ। अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा करिब १० दिनदेखि फसेका चिनियाँ नागरिकलाई सुरुङभित्र करिब २२५ मिटरको दूरीबाट उद्धार गरिएको हो।

उद्धारका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य उद्धारकर्मीहरू परिचालन भएका थिए। लामो समयसम्म सुरुङभित्र फसेका उनलाई सुरक्षित रूपमा बाहिर निकालेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

काठमाडौं ल्याइएका उनको छाउनीस्थित वीरेन्द्र अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ। यसअघि पनि सोही सुरुङबाट दुई नेपाली नागरिकलाई जीवितै उद्धार गरिएको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर