नेभिगेसन मेनु

असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
सम्पादक:南亚网络电视
समय:2024-06-26 15:40

asange

असार १२ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

अमेरिकाको सपुर्दगी विरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्श जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृह देश अस्ट्रेलिया फर्कने उडानमा हुनुहुन्छ । 

अस्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सूचना प्राप्त र प्रसार गरेको अभियोग लगाइएको हो । 

“म अत्यन्त खुसी छु । यो परिणाम अत्यधिक अस्ट्रेलियालीहरूले हेर्न चाहेको म विश्वास गर्दछु । असान्जको संलग्नता र गतिविधिको बारेमा सबैको फरक–फरक विचार छन् तर उनीहरू यस लामो कानुनी गाथाको अन्त्य भएकोमा र आफ्नो परिवारसँग पुनर्मिलन गर्न सक्षम भएकोमा खुसी हुनेछन्,” प्रधानमन्त्री अल्बानिजले संसदमा भन्नुभयो ।

अपिल सम्झौता अनुरूप बुधबार प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना आइल्याण्डको अदालतले असान्जलाई षडयन्त्रसम्बन्धी एउटा मात्र मुद्दामा दोषी ठहर गरेको र तत्काल रिहा गर्ने आदेश दिएको छ । उहाँलाई अदालत पहिले नै जेलमा बिताइसकेको अवधिको सजाय सुनाएको हो । अदालतको फैसलापछि उहाँ स्वतन्त्र रूपमा आफ्नो देश फर्कने हुनुभएको छ ।

‘‘असान्जको मुद्दाको समाधान धैर्य र दृढ कामको परिणाम हो र यस कामप्रति म गर्व गर्छु’’ अल्बानिजले भन्नुभयो । रासस/एएफपी

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर