नेभिगेसन मेनु

दिल्लीमा पानीको अभाव
सम्पादक:南亚网络电视
समय:2024-06-23 13:06

delhi_wTER

गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।

गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कोलोनी, ओखला क्षेत्र र गीता कोलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।

बढ्दो तापक्रमको बिचमा, यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।

यसैबिच, पानी सङ्कटमा राजनीतिक खिचातानी बिचमा, दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हडतालमा बस्नु भएको छ ।

यसैबिच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताउनुभयो ।

उहाँले “केजरीवाल टिभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफूलाई दुःख लागेको भावना सम्प्रेषण गरिदिनुभयो । केजरीवालले आतिशीको ‘तपस्या’ सफल हुने र दिल्लीवासीले  पानीको समस्याबाट राहत पाउने आशा सहित अतिशीलाई शुभकामना दिनुभयो । यद्यपि भारतीय जनता पार्टीले भने पानी सङ्कटलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ ।

भाजपाका सांसद बाँसुरी स्वराजले आप सरकारले “भ्रष्टाचारलाई प्रोत्साहित गर्न’’ सङ्कटलाई “योजनाबद्ध’’ गरेको आरोप लगाउनुभयो ।

पानीको सङ्कट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको  बाँसुरी स्वराजले उल्लेख गर्नुभयो ।

उहाँले सहर सुख्खा भई दिल्ली असहज अवस्थामा हुँदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै  मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अन्सनको धम्की दिइरहेको बताउनुभयो । रासस/एएनआई

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर