नेभिगेसन मेनु

चिडियाखानाको जग्गा अतिक्रमणमा
सम्पादक:南亚网络电视
समय:2024-06-08 15:08

parsa-zoo

वीरगञ्ज (पर्सा), जेठ २६ गते । पर्साको वीरगञ्ज महानगरपालिका-३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ । चिडियाखानाको घेरिबार गर्ने काम आधा सकिएको छ । करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार उक्त प्राकृतिक चिडियाखानाको जग्गा अतिक्रमणमा परेको छ । केही स्थानीयले जग्गा अतिक्रमण गरेको उहाँले बताउनुभयो । “यसबाट चिडियाखानाको घेरिबार गर्ने काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायसँग समन्वय गरेर काम अघि बढाउने योजना बनाएका छौँ ।” चिडियाखाना एक अर्ब सात करोडको लागतमा निर्माण गर्न लागिएको हो । 

वि.सं.२०७९ असोजदेखि चिडियाखाना निर्माण थालिएको हो । चिडियाखाना ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले प्रस्तावित चिडियाखानाको अतिक्रमित जग्गा रेखाङ्कन गरी हटाउने प्रक्रिया अघि बढाइने बताउनुभयो । शुक्रबार बसेको सर्वपक्षीय बैठकले चिडियाखाना रहेको जग्गा अतिक्रमण हटाउन सूचना जारी गरिएको छ । “चिडियाखानाको सीमाङ्कन गर्न सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध गरिएको छ ।” चिडियाखाना निर्माण गर्न ढिला गर्न नहुने उहाँको भनाइ छ । रासस 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर