नेभिगेसन मेनु

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव
सम्पादक:南亚网络电视
समय:2024-05-07 14:04

hamas_4kqZUlUvJ8

काठमाडौँ- हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । 

यद्यपि इजरायलले शान्ति सम्झौताबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो । बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपर फैलिएका शिविरहरूमा खुशी व्यक्त गरेका थिए । 

अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेका थिए र राफाको बारेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिकासहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले इजरायलले रफाहमाथि आक्रमण नगर्न बारम्बार आग्रह गरेका छन् । रफाहमा करिब १४ लाख प्यालेस्टिनीले शरण लिएको बताइएको छ । 

गत अक्टोबर ७ का दिन बिहान हमासले इजरायली सहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवै पक्षबीच युद्ध जारी छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर