नेभिगेसन मेनु

लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार,भीसा शुल्क छुटको समाचार
सम्पादक:南亚网络电视
समय:2024-04-28 13:40

chinese_x2YsTSoBuj

काठमाडौं,वैशाख १६ गते । चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भीसा  निःशुल्क गर्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकहरूकाे भ्रमण आदानप्रदानलाई थप सहज बनाउन उक्त निर्णय गरिएको बताइएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार आगामी मे १ तारिख (बुधबार) देखि उक्त निर्णय लागु हुने छ । नियमित तालिकाबमोजिम भीसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ । जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भीसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ । 

प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको छ । यसअघि उक्त शुल्क दुई हजार सात सय र चार हजार थियो ।

नेपालले चिनियाँ नागरिकलाई यसअघि नै भिसा शुल्क निःशुल्क गर्दै अनअराइभल भीसाको सुविधासमेत दिँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर