नेपालका ३६ वर्षीय मेश खत्री साओ टियोटोनियोको हरितगृहमा रास्पबेरी र स्ट्रबेरी संकलन गर्छन् । उनकी २८ वर्षीया श्रीमती रितु खत्री सहरमा क्याफे चलाउँछिन् । उनीहरुका सात वर्षीय छोरा पोर्चुगिज र अङ्ग्रेजी बोल्न सक्छन् तर नेपाली जान्दैनन् ।
डिसेम्बर–२०१२ मा पोर्चुगल पुगेका थिए मेश । त्यसअघि उनी बेल्जियममा काम गर्थे । ‘बेल्जियममा आवासीय अनुमति पाउन धेरै गाह्रो छ । त्यसैले म पोर्चुगल आएको हुँ’, उनले बताए । पोर्चुगल पुगेको पाँच वर्षपछि उनले पोर्चुगलमा रेसिडेन्सी पाए र त्यसको दुई वर्षपछि पोर्चुगलको राहदानी पनि प्राप्त गरे ।
पोर्चुगलमा दक्षिण एसियाली
नेपालीसहित दक्षिण एसियालीहरू लिस्बनको सडकमा साइकल डेलिभरको रुपमा बढी देखिन्छन् । मौरारियाको साँघुरो सडकमा बनेका दुई मस्जिदमा प्रवेश गर्न नमाजको समयमा सयौं मुस्लिमहरू लाइनमा उभिन्छन् ।
४३ वर्षीय पाकिस्तानी यासिर अन्वरले रुवा डो बेन्फोर्मोसोमा धेरै बंगाली पसल र रेष्टुरेन्टहरू रहेको भन्दै मानिसहरूले यसलाई ‘बंगलादेश स्ट्रीट’ भन्न थालेको बताउँछन् ।
सन् २०१० सालमा उनी बिना भिसा पोर्चुगल छिरेका थिए । यसअघि अन्वर केही समय डेनमार्क र नर्वेमा पनि बसेका थिए । तर सँधै उनको मनमा त्यहाँबाट हटाउँछ कि भन्ने डर थियो । तर कानुन बदलिएपछि उनले २०१८ सालमा कागजातहरू पाए । लामो समयसम्म बार र रेस्टुरेन्टमा फूल बेचेका उनलाई एक रेस्टुरेन्ट मालिकले जागिर दिए ।
अन्वरलाई पोर्चुगिज भाषा र खाना पकाउन सिकाए । अहिले उनी पोर्चुगिज राहदानी लिन पर्खिरहेका छन् । एकदिन राजधानी पाएर आफ्नी श्रीमती र दुई छोराछोरी सँगै बस्ने उनको ठूलो सपना छ ।
विदेशीको संख्या कति?
एलेन्तेजो क्षेत्रमा विगत एक दशकमा जनसंख्या १३ प्रतिशतले बढेपनि खेतीपाती गर्नेको संख्या दिन प्रतिदिन घट्दै गएको छ । तर आप्रवासी कामदारका कारण यस क्षेत्रको सौन्दर्य फर्किएको छ । युरोपमा आप्रवासीका लागि सबैभन्दा खुला नीति अपनाएको पोर्चुगलमा पछिल्लो पाँच वर्षमा विदेशीको संख्या दोब्बर भएको छ ।
२०१८ को अनुसार पोर्चुगलमा विदेशीहरूको संख्या पाँच लाखभन्दा कम थियो । गत वर्ष यो संख्या १० लाख पुग्यो । त्यहाँको जनसंख्याको प्रत्येक दशौं व्यक्ति विदेशी छन् । यी तथ्याङ्कहरू शरणार्थीहरूसँग सम्बन्धित पोर्चुगिज एजेन्सी एआईएमएका हुन् ।
पोर्चुगलसँग ब्राजिलको ऐतिहासिक सम्बन्ध छ । अहिले पनि त्यहाँ सबैभन्दा बढी मानिसको संख्या चार लाखको हाराहारीमा छ । यसपछि बेलायत र अन्य युरोपेली मुलुकका छन् । त्यहाँ करिब ५८ हजार भारतीय र ४० हजार नेपाली छन् । यो संख्या पोर्चुगलका धेरै पूर्व उपनिवेशहरूबाट आएका मानिसहरूभन्दा धेरै हो ।
सबैभन्दा धेरै मानिस पोर्चुगल आउने १० देशहरूमध्ये पाकिस्तान र बंगलादेश पनि पर्छन् । पोर्चुगलमा खेतीपाती, माछा मार्ने र रेस्टुरेन्टमा काम गर्न आउनेहरूको संख्या ठुलो छ । सन् २०१५ देखि सत्तामा रहेको पोर्चुगलको समाजवादी सरकारले यसलाई बढावा दिइरहेको छ ।
बढ्दै चुनौती
मेशका अनुसार बढी विदेशीको आगमनले नयाँ चुनौती बढिरहेको छ । उनकी श्रीमती रितुले भनिन्, ‘पहिले काम मिल्थ्यो तर अहिले जातीय विभेद बढ्दै गएको छ । पोर्चुगिजहरूलाई घरमा १०–१५ जना बस्ने मन पर्दैन, खासगरी पोर्चुगिज नबोलेको अवस्थामा ।’
७८ वर्षीया जुलिया डुआर्टे एक सामाजिक सेवा संस्थाकी स्वयंसेवक हुन् । उनले सहरको बीचमा रहेको एउटा केन्द्रमा करिब २० जना बालबालिकालाई गृहकार्य गर्न मद्दत गर्छिन् ।
यीमध्ये एउटा मात्र बच्चाको नाम पोर्चुगिज हो । उनले भनिन्, ‘मैले सन्यास लिएर शान्तिपूर्वक जीवन बिताउने सोचेको थिएँ तर त्यसपछि यहाँ आप्रवासी कामदारहरूको आँधी आयो। त्यहाँ धेरै मानिस छन्, सबैलाई जागिर चाहिन्छ, बस्नको लागि ठाउँ चाहिन्छ, त्यहाँ धेरै अराजकता छ, त्यसपछि म। सोचे कि यीनीहरू असल मान्छे हुन् ।’