नेभिगेसन मेनु

इजरायलमाथि ईरानी आक्रमण सुरु, मध्यरातमा अमेरिकी राष्ट्रपतिलाई फोन
सम्पादक:南亚网络电视
समय:2024-04-14 12:01

1713063809_iran_attacks-1200x560

बैशाख २ गते।  ईरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ। ईरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ।

बीबीसीका अनुसार गत अप्रिल १ मा सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि भएको आक्रमण इजरायलले गराएको आरोप लगाउँदै ईरानले आक्रमण सुरु गरेको हो।

‘अपरेशन टू प्रमिस’ नाम दिएर ईरानले शनिवार रातभर इजरायलमाथि ड्रोन र मिसाइलले आक्रमण गरेको हो।

ईरानले इजरायलको जेरुशेलमसहित विभिन्न सहरमा आक्रमण सुरु गरेको हो। हालसम्म आक्रमणले के कति क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन।

पहिलेदेखि हमाससँग युद्धमा रहेको इजरायललाई ईरानी आक्रमण पछि तनाव उत्पन्न भएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडनबीच टेलिफोनमा वार्ता भएको छ। प्रधानमन्त्री नेतन्याहूले ईरानी आक्रमणबारे बाइडनलाई जानकारी गराएका छन्।

त्यस्तै अमेरिकामा पनि इजरायलमाथि भएको आक्रमणको विषयमा सुरक्षा समितिमा छलफल भएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर