नेभिगेसन मेनु

सुर्किमारेमा एक घर एक धारा
सम्पादक:南亚网络电视
समय:2024-03-19 12:33

pani

चैत ६ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२, सुर्किमारे टोलमा एक घर एक धारा निर्माण गरिएको छ । चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सुर्किमारेका ५४ वटा घरमा खानेपानीको सुविधा पु¥याइएको छ ।

स्थानीय लक्ष्मी ओली डाँगीले घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको बताउनुभयो । उहाँका अनुसार खानेपानी ल्याउनका लागि बिहानै गाग्री बोकेर मूलसम्म जानुपर्ने बाध्यता हटेको छ । पशु चौपायालाई खोलासम्मै लिएर पानी खुवाउनुपर्ने अवस्था थियो । मान्छेका लागि बोकेर ल्याउन करिब एक घण्टा लाग्थ्यो । अब त घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको छ ।

घरमै पानी आउन थालेपछि अन्य सरसफाइका काम, घरायसी काममा समेत सजिलो भएको बताइन्छ । अहिले समयको बचत र सुविधा भएको स्थानीयको भनाइ छ । चौरजहारी नगरपालिकाले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘एक घर, एक धारा’ कार्यक्रमबाट यहाँका ५४ घरमा धारा बनाइएको हो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आव २०८०/८१ को स्वीकृत मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यहाँका घरसम्म पानीको सुविधा पुगेको हो । वडा नं १२ मा सुर्किमारे सौर्य खानेपानी आयोजनाको निर्माण गरेर घर घरमा खानेपानीको धारा ल्याइएको हो । १७ लाख ३९ हजार रुपियाँको लागतमा उक्त योजना निर्माण भएको हो । सुर्किमारे सौर्य खानेपानी आयोजनाका सचिव रामलाल शर्माले खानेपानी आयोजनामार्फत ५४ घरमा खानेपानी पु¥याइएको जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर