नेभिगेसन मेनु

हेल्प डेस्कमा हेल्प लिनेकै अभाव
सम्पादक:南亚网络电视
समय:2024-03-12 12:43

dalit-help-desk-skt-lalit

फागुन २९ गते । सुर्खेतका दलित अगुवा तथा अधिकारकर्मीले केही समयअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सेवा लिन आउने दलित समुदायका लागि दलित हेल्प डेस्क स्थापना गर्न माग गरे । कार्यालयले महिला सेल परिसरमै हेल्प डेस्क पनि स्थापना ग¥यो तर स्थापना भएको डेढ वर्षको अवधिमा एक जनाले पनि त्यो डेस्कमा सेवा लिन नआएको पाइएको छ । 

दलित समुदायले नै बढी विभिन्न हिंसा भोग्ने भएकाले उनीहरूलाई प्रहरीमा सेवा लिन आउँदा सहज होस् भन्ने उद्देश्यले दलित हेल्प डेस्क स्थापना गरिएको थियो । हेल्प डेस्क स्थापना भएपछि त्यहाँ सेवा लिन आउने छन् भन्ने अपेक्षा पनि प्रहरीलाई थियो तर डेढ वर्षको अवधिमा सो डेस्कमा एक जना पनि सेवा लिन नआएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक सङ्गीता रसाइलीले हेल्प डेस्क स्थापना भएको डेढ वर्षको अवधिमा एक जना पनि सेवा लिन नआएको बताउनुभयो । उहाँले प्रहरीमा दलित हेल्प डेस्क स्थापना भएको बारे विभिन्न सङ्घसंस्थाले सर्वसाधारणलाई जानकारी पनि दिनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जसका लागि हेल्प डेस्क स्थापना गरिएको हो, उही समुदाय सेवा लिन नआउने हो भने त्यसको के काम ?” प्रहरीले विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम गर्दा दलित महिला हेल्प डेस्क स्थापना गरेको र सेवा लिन आउन आग्रह गर्दै आएको छ । 

उता दलित अधिकारकर्मी प्रहरी कार्यालयभित्रै हेल्प डेस्क स्थापना गरेको हुँदा पीडितहरू सेवा लिन नआएको हुन सक्ने बताउँछन् । दलित महिला सङ्घ सुर्खेतका अध्यक्ष मन्जु सुनारले दलित समुदायका लागि प्रहरीमा दलित हेल्प डेस्क स्थापना गरिनु खुसीको कुरा भए पनि दलितमैत्री हुन नसक्दा सेवा लिन नआएको बताउनुभयो ।

उहाँले पीडित भएका दलित समुदाय प्रहरीकोमा जान थप अप्ठेरो महसुस गर्ने हुँदा परिसरबाहिर हेल्प डेस्क स्थापना गर्न सकेको भए सहज पहुँच हुन सक्ने बताउनुभयो । विभिन्न बहानामा दलितमाथि हुने विभेद र पीडा दिने काम जारी नै रहेको र पीडित अवस्थामा कुरा राख्न जाँदा प्रहरीभित्र असहज मान्ने गरेको आफूले पाएको अध्यक्ष सुनारले बताउनुभयो । उहाँले हेल्प डेस्क दलितमैत्री पनि हुन नसक्दा सेवा लिन नआएको हुन सक्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर