नेभिगेसन मेनु

फ्रान्समा सत्तरी हजार सुरक्षाकर्मी परिचालन
सम्पादक:南亚网络电视
समय:2026-10-26 12:13

 

 Untitled-1 (7)

काठमाडौँ, कात्तिक ९ गते । गत साता भएका प्रदर्शनका व्रmममा बर्सौंयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको छ । आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो ।

पेरिसमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लरेन्ट नुनेजले शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाट गर्न उक्साउने सन्देशहरू फैलिरहेको भन्दै सम्भावित अशान्तिप्रति सचेत रहन आग्रह गर्नुभयो । राष्ट्रपति इमानुएल म्याव्रmोनको कार्यकाल अन्त्यतिर पुगिरहेका बेला र नयाँ निर्वाचन हुन छ महिना मात्र बाँकी रहेको अवस्थामा प्रदर्शन चर्किएको हो । 

हालैको एक सर्वेक्षणले अति दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा अग्रस्थानमा देखाएको छ । पछिल्ला घटनाक्रमले उहाँको राजनीतिक अवस्था थप बलियो बनाएको आकलन गरिएको छ ।

यसैबिच ले पेन नेतृत्वको नेसनल -याली (आरएन) पार्टीले यस सप्ताहान्तमा ओर्लियन्स सहरमा महाधिवेशन आयोजना गर्दै छ । महाधिवेशनमा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । सोही सहरमा पार्टीविरुद्ध प्रदर्शन गर्ने समूहहरू पनि जुट्ने तयारीमा रहेकाले सम्भावित झडपलाई लिएर स्थानीय प्रशासन चिन्तित छ । शुक्रबार राष्ट्रपति म्याक्रोनले माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गर्नुभयो तर भेटपछि विद्यार्थी प्रतिनिधिहरूले सरकारले माग सम्बोधन गर्ने ठोस प्रस्ताव नल्याएसम्म आन्दोलन जारी राख्न आफ्ना सहपाठीहरूलाई आह्वान गरेका छन् ।

दोषीलाई जेल सजाय

म्याक्रोनले प्रदर्शनकारीका जायज माग र गत शनिबार भएका लुटपाट, आगजनी तथा तोडफोडका घटनालाई अलग अलग रूपमा हेर्नुपर्ने बताउनुभएको छ । न्यायमन्त्री जेराल्ड डार्मानिनका अनुसार गत शनिबारको हिंसासँग सम्बन्धित मुद्दामा अदालतले २१७ जनालाई जेल पठाएको छ । उनीहरूमध्ये करिब आधा पहिलो पटक अपराधमा संलग्न भएका व्यक्ति हुन् । बिहीबार राष्ट्रपति म्याक्रोनले आपराधिक गतिविधिविरुद्ध कडा कारबाही गर्न आह्वान गर्नुभएको थियो । उहाँले अतिवामपन्थी समूहहरूले गत सप्ताहान्तमा गणतन्त्रलाई नै ढाल्ने प्रयास गरेको आरोपसमेत लगाउनुभयो । फ्रान्सको पश्चिमी क्षेत्रमा सव्रिmय एक अति वामपन्थी समूहले आफ्नो वेबसाइटमार्फत समर्थकहरूलाई प्रहरीको घेराबन्दीबाट जोगिन र अप्रत्याशित व्यवहार गर्न आह्वान गरेको थियो ।

प्रदर्शनमाथि प्रतिबन्ध

सम्भावित हिंसा नियन्त्रण गर्न अधिकारीहरूले सुरक्षाव्यवस्था कडा बनाउनुका साथै विभिन्न सहरमा प्रदर्शनमाथि प्रतिबन्ध लगाएका छन् । ओर्लियन्समा नेसनल -याली पार्टीविरुद्ध २० हजारदेखि ३० हजारसम्म मानिस सडकमा उत्रिने अपेक्षा गरिएको छ । स्थानीय प्रशासनले भने प्रदर्शनकारीलाई सहरको केन्द्रमा भेला हुन नदिने जनाएको छ । दक्षिणपूर्वी सहर लियोनमा पनि यस सप्ताहान्तमा प्रदर्शनकारीलाई मुख्य सहरी क्षेत्रमा प्रवेश गर्न निषेध गरिने भएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी