नेभिगेसन मेनु

कोरोनाविरुद्धको खोप लगाइँदै
सम्पादक:南亚网络电视
समय:2024-03-14 12:49

55

चैत १ गते । सुर्खेतका चार पालिकामा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाउन थालिएको हो । १२ वर्षमाथिकालाई चैत १ देखि ३ गतेसम्म खोप लगाइने जनाइएको छ । 

स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालको संयुक्त आयोजनामा कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाले पश्चिम सुर्खेतका बासिन्दा रोजगारका लागि भारततिर जाँदा विगतमा खोप छुटेकाले खोप लगाउन थालिएको हो । पञ्चपुरी, चौकुने, बराहताल पालिकाका बासिन्दा मौसमी रोजगारीका लागि भारततिर जाने गर्छन् । अहिले उनीहरू घर फर्कन थालेकाले पुनः खोप लगाउन लागिएको छ । चैत १ देखि ३ सम्म कोरोनाको पुनः खोप लगाइने जनाइएको छ । 

कर्णालीमा अझै पनि तीन प्रतिशत जनता खोपको पहुँचबाहिर छन् । यसको मुख्य कारण नै मौसमी बसाइँसराइ हो । जिल्ला स्वास्थ्य कार्यालयले कामको खोजीमा परिवारका सबै सदस्य भारततिर जाने प्रवृत्तिले गर्दा खोपको पहुँच शतप्रतिशत हुन नसकेको स्पष्ट पार्दै आएको छ । खोप फोकल पर्सन बुढाले पहुँचबाहिर रहेका व्यक्तिलाई खोपको पहुँचमा ल्याउन ठुलो चुनौती रहेको जानकारी दिनुभयो । 

चार वटा पालिकाका लागि १९ हजार आठ सय डोज खोप आइसकेको छ । एउटा पालिकामा तीन हजार तीन सय डोज खोप छुट्याइएको छ । खोप लगाउन स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई अभिमुखीकरण दिइसकेको बताइन्छ । तीनदिने खोप अभियानले पालिकाका साथै समग्र जिल्लाको खोप कभरेजमा पनि वृद्धि हुने अपेक्षा लिइएको छ । कार्यालयका अनुसार सुर्खेत जिल्लामा कोभिड–१९ को पहिलो डोजको खोप कभरेज ९२ प्रतिशत छ । दोसो डोजको खोप कभरेज केही घटेर ८१ प्रतिशतमा झरेको छ । पहिलो बुस्टर डोजको कभरेज ३७ प्रतिशत र दोस्रो बुस्टर डोजको कभरेज १.४ प्रतिशत मात्रै छ । 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले यो तीनदिने खोप अभियानमा कोरोनाको कुनै पनि खोप नलगाएका व्यक्तिलाई प्राथमिकता दिइने जानकारी दिनुभयो । त्यसपछि पहिलो डोज मात्र लगाएकालाई र त्यसपछि ज्येष्ठ नागरिकलाई लगाइने छ । 

इपिक नेपालका प्राविधिक विशेषज्ञ प्रदीपकुमार श्रेष्ठले कर्णालीसहित सुदूरपश्चिम र मधेस प्रदेशमा कोभिडको खोप कभरेज कम भएको पाइएकाले पुनः खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । 

उहाँले भारतसँग खुला नाका हुँदा नेपालमा कोभिडको जोखिम अझै कायम रहेकाले खोप लगाएर ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले कोभिडको पहिलो र दोस्रोभन्दा बुस्टर डोज लगाउनेलाई प्राथमिकता दिइने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका डा. पुरुषोत्तम सेढाईंले व्यक्तिगत सरसफाइलगायतका क्षेत्रमा अहिले हेलचेक्रयाइँ बढेको र यसका कारण पुनः कोभिडको जोखिम बढ्ने निश्चित भएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर