नेभिगेसन मेनु

हरियो रुखमै विद्युतको तार
सम्पादक:南亚网络电视
समय:2024-03-07 12:56

taar-rukum-raju

फागुन २४ गते । रुकुमपश्चिमको जिल्ला सदरमुकामनजिकै एक टोलमा हरियो रुखलाई विद्युतको पोल बनाएर विद्युत लाइन विस्तार गरिएको छ। मुसीकोट नगरपालिका–१ को रावलबारा टोलमा रुखलाई पोल बनाएर नाङ्गो विद्युत लाइन वितरण गरिएको हो । घाँसदाउराको प्रयोजनका लागि हुर्काइएको रुखमा विद्युतको नाङ्गो तार राखेर करेन्ट प्रवाह भएसँगै यहाँका बासिन्दा त्रसित भएका छन् । स्थानीय भानु केसीले रुखमै बेरेर आएको विद्युतको तारबाट टोलमा विद्युत् लाइन वितरण भएको बताउनुभयो । उहाँले उक्त स्थानका दुई वटा हरियो रुखलाई विद्युत को पोलका रूपमा प्रयोग गरिएको जानकारी दिनुभयो । हावा लाग्दा, रुख हल्लिँदा झन् डर लाग्ने गरेको उहाँको भनाइ छ । 

सोही टोलकी मनीषा रावलले विद्युत लाइन जोडिएका रुखको नजिक जानै डर लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कहिलेकाहीँ बालबच्चा जान्छन् कि भन्ने ठुलो डर छ। बाध्यताले गर्दा टोलका सबैले रुखबाटै जोडिएको लाइनबाट विद्युत  सेवा लिनु परेको छ ।”

हरियो रुखबाट करेन्ट प्रवाह हुने जान्दाजान्दै विद्युत कार्यालयले भिमल र बकैना जातको रुखमा विद्युत्को नाङ्गो तार जोडिदिएको छ। यहाँका पाँच घरमा जडान गरिएको विद्युत सेवाका लागि दुई रुखलाई विद्युत्को पोल बनाइएको छ। स्थानीयले पटक पटक विद्युत कार्यालयसमक्ष पोलको माग गर्दा सुनुवाइ नभएको बताएका छन्। घरछेउमै रहेको रुखमा विद्युतको नाङ्गो तार जोडिएपछि निर्धक्कसाथ आउजाउ गर्नसमेत नसक्ने अवस्था रहेको बताइन्छ । 

विद्युत वितरण केन्द्र रुकुमपश्चिमका प्रमुख शिवजीप्रसाद साहले हरियो रुखमा नाङ्गो तार जोड्ने काम जोखिमपूर्ण रहेको बताउनुभयो। उहाँले त्यस विषयमा कार्यालयका तर्फबाट आवश्यक पहल गरेर तत्कालै समस्या समाधान गरिने उल्लेख गर्नुभयो । कार्यालय प्रमुख साहले रुखमा विद्युत्को नाङ्गो तार जोड्नु नै जोखिम बढाउने काम भएकाले त्यसो नगर्नसमेत अनुरोध गर्नुभयो । पछिल्लो समय विद्युतको करेन्टका कारण मृत्यु हुने, घाइते हुने, घर आगलागी हुने घटनासमेत बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत पोलको करेन्टका कारण पछिल्लो वर्ष दुई जनाको मृत्यु भएको तथ्याङ्क छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर