नेभिगेसन मेनु

डिजाइन बदलेपछि पुल निर्माण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-22 13:02

्रGaraghat-pun-nirman-hudai--rukum-raju

फागुन १० गते । मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुलको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । 

सडक डिभिजन कार्यालय चौरजहारीले दिएको जानकारी अनुसार सानीभेरी नदीमाथिको उक्त पुलको डिजाइन परिवर्तन गरेपछि अहिले काम तीव्र रूपमा भइरहेको छ । तीन वर्षमै निर्माण सम्पन्न हुने गरी २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल सात वर्षसम्म पूरा हुन सकेको छैन । 

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार सम्झौता गर्दाको बेला पुलको डिजाइन ‘पायल’ फाउन्डेसनमा आधारित थियो तर यो फाउन्डेसनबाट उक्त स्थानमा पक्की पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउन्डेसन डिजाइन गरिएको छ । डिजाइन परिवर्तनपछि काम तीव्र भएको र हालसम्म करिब ७० प्रतिशत प्रगति भएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो । डिभिजन कार्यालयले कार्यप्रगतिका आधारमा निर्माण व्यवसायीलाई हालसम्म चार करोड ६४ लाख रुपियाँ भुक्तानी गरिसकेको जनाएको छ ।  

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन चौरजहारीमार्फत आर्थिक वर्ष २०७२/७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो । भ्याट रकमबाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा काम सम्पन्न गर्ने गरी नागार्जुन कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको थियो । अहिले पुलको फाउन्डेसन निर्माण भएर तल्लो भागको दुवैतर्फको काम पूरा भएको छ । माथिल्लो तर्फको एक भाग पुल निर्माण भइसकेको छ भने अर्को भागको काम भइरहेको छ । यही गतिमा काम गरेमा चालु आवमै पुल निर्माण भइसक्ने जनाइएको छ । डिभिजन प्रमुख शर्माले ठेकेदारले आगामी असार मसान्तभित्र काम सक्ने गरी म्यादसमेत थप भएको बताउनुभयो ।

निर्माण कम्पनीले विगतमा फाउन्डेसन परिवर्तनमा ढिलाइ भएको, कोरोनालगायतका महामारीले सामग्री ढुवानी र कामदार परिचालनमा समस्या भएकाले समयमै पुन निर्माण हुन नसकेको बताउँदै आएको छ । पुल निर्माण लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ । विशेष गरेर बर्खायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने गरेको छ । पक्की पुल निर्माणस्थल नजिकैको झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गराइँदा उक्त पुल जीर्ण बन्दै गरेको स्थानीयको गुनासो छ । अहिले सानीभेरी नदीमा ह्युमपाइप हालेर यातायातका साधन आउजाउ गर्ने गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर