नेभिगेसन मेनु

प्राथमिकतामा पर्यटन पूर्वाधार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-26 12:54

Renmi-gau-dolpa-rajani

फागुन १४ गते । सरकारले पर्यटन प्रवर्धनका पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको से फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ ।

से फोक्सुन्डो गाउँपालिका ७ र ८ को बस्तीलाई एकीकृत गरी बस्ती विकास गर्न लागिएको जनाइएको छ । चालु आर्थिक वर्षबाट उक्त काम थालिएको हो । पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीका अनुसार प्रदेशकै गौरवको से फोक्सुन्डो तालको संरक्षण र प्रवर्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको छ । से फोक्सुन्डो ताल किनाराको ‘रिङ्ग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड विनियोजन गरेको जनाइएको छ । स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको छ । से फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेको भन्दै मन्त्री बिसीले तालको दक्षिणी छेउमा रहेको रिङ्ग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको जानकारी दिनुभयो । 

प्रदेश सरकारको पाँच करोड र सङ्घीय सरकारको पाँच करोड गरेर १० करोड लगानीमा यो वर्ष बस्ती विकासको काम थालिएको छ । तालको संरक्षण गर्ने, धार्मिक महत्वका संरचना निर्माण गर्ने, रिङ्ग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय डोल्पाले जनाएको छ । बहुवर्षीय योजना भएकाले अहिले प्रि–फिजिबिलिटी अध्ययन भइरहेको छ । पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापाका अनुसार पहिलो चरणको काम धमाधम भइरहेको छ । ताल हेर्न आउने पर्यटक रिङ्ग्मो बस्तीमा बस्छन् । अहिले उक्त बस्तीलाई आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन थालिएको छ ।

तालको दक्षिणी छेउमा रिङ्ग्मो गाउँ छ । जुन गाउँमा पर्यटक बस्न होटल तथा लज रहेका छन् । प्रदेश र सङ्घीय सरकारले रिङ्ग्मो गाउँलाई आवश्यक पूर्वाधार निर्माण गरेर बस्ती विकास गर्ने लक्ष्य अनुरूप काम अघि बढाएको छ । पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर काम अघि बढाइएको हो । पहिलो वर्ष १० करोड बजेट विनियोजन भएको जनाइएको छ ।

प्रवेशद्वारमा पूर्वाधार निर्माण

यसैबिच हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु गरिएको छ । पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको जनाइएको छ । 

पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीका अनुसार प्रदेश सरकारको नौ करोड र सङ्घीय सरकारको नौ करोड बजेटमा पूर्वाधार निर्माणको काम थालिएको हो । सिमकोट गाउँपालिका ५ र ६ तथा खार्पुनाथ गाउँपालिका ५ मा पर्यटन पूर्वाधार निर्माणको काम थालिएको छ । यो वर्ष १८ करोड बजेट विनियोजन भएको छ । १० किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिने जनाइएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर