नेभिगेसन मेनु

स्वास्थ्यकर्मीलाई सञ्चार अभिमुखीकरण
सम्पादक:南亚网络电视
समय:2024-03-04 12:52

health-suchana-skt-lalit

फागुन २१ गते । कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विपत्को समयमा कसरी सही र आधिकारिक सूचना सञ्चार गरी जोखिम कम गर्ने भन्ने विषयमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको छ । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कर्णाली प्रदेशका जिल्ला जनस्वास्थ्य प्रमुख, पालिकाका जनस्वास्थ्य शाखामा कार्यरत संयोजक एवं अन्य स्वास्थ्यकर्मीका लागि जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्वन्धी अभिमुखीकरण आयोजना गरिएको हो । विपत्को समयमा आधिकारिक र सही सूचनाको अभावमा अफवाह बढी फैलने र जसका कारण सर्वसाधारणमा त्रासको वातावरण हुने भएकाले स्वास्थ्यकर्मीले समयमै आधिकारिक र सही सूचना प्रवाह गर्न सके सम्भावित जोखिम कम हुन्छ ।

आइतबारबाट सुरु गरिएको अभिमुखीकरणमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विपत्को बेला स्वास्थ्य क्षेत्र अत्यावश्यक हुने भएकाले समयमै आधिकारिक र सही सूचना सम्प्रेषण गरी सम्भावित जोखिम कम गराउनुपर्ने बताउनुभयो । उहाँले विपत्को बेला लक्षित समूहलाई गलत सूचना प्रवाह हुन नदिन स्वास्थ्य संस्था र तिनीहरूका आधिकारिक व्यक्तिको भूमिका गहन हुने भएकाले सही र गलत सूचना छनोट गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक डा. राधिका थपलियाले विपत्मा जहिले पनि सङ्कट आउने भएकाले स्वास्थ्यकर्मीले सही र आधिकारिक सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाले गरेका काम राम्रोसँग भन्न नसक्दा, भन्न नजान्दा समस्या आउन सक्ने भएकोले निर्देशिकालाई अवलम्बन गर्न आग्रह गर्दै यसले काममा पारदर्शिता र जनतालाई विश्वास दिलाउन पनि सहज हुने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले गलत सूचना नै अहिलेको मुख्य चुनौती भएको टिप्पणी गर्नुभयो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति सुवेदी, स्वास्थ्य सेवा निर्देशनालयका श्यामलाल आचार्य, किरण शर्माले विपत्मा गरेका कामबारे जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर