नेभिगेसन मेनु

तीन सहर जोड्दै सहरी कोरिडोर
सम्पादक:南亚网络电视
समय:2024-03-06 15:05

ण

सुर्खेत, फागुन २३ गते । नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको हो ।

कोरिडोरका लागि अहिले एकीकृत विकास रणनीति तयार पारिँदै छ । त्यसका लागि सरोकारवालासँग छलफल चलिरहेको बताइन्छ । सुर्खेतको वीरेन्द्रनगरमा सहरी कोरिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीतिक योजनासम्बन्धी छलफल गरिएको छ । सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले तीन वटा सहर जोडेर सहरी कोरिडोर विकास गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज–कोहलपुर–सुर्खेतमा सहरी कोरिडोर बन्न लागेको हो । आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठुलो चुनौती हुने देखिएपछि सहरी कोरिडोरको अवधारणा अघि सारिएको मैनालीले जानकारी दिनुभयो । 

सहरी विकास मन्त्रालयले त्यसका लागि अहिले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । एक घण्टाको दुरीमा रहेका साना सहरलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलगायतको अध्ययन थालिएको छ । यसै आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन सकेर अर्को वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिने जनाइएको छ ।

यसअघि मन्त्रालयले चार वटा सहरी कोरिडोरको काम गरिसकेको छ । पाँचौँ कोरिडोरका रूपमा नेपालगन्ज–कोहलपुर–सुर्खेतको विस्तृत सम्भाव्यता अध्ययन गर्न लागिएको मन्त्रालयले जनाएको छ । अहिले कोरिडोर निर्माणको सुरुवाती चरणको काम थालिएको हो । अध्ययन प्रतिवेदनले लगानी कस्तो, के कति मात्रालगायत विषय प्रस्ट पारेपछि कोरिडोरमा लगानी र कति वर्षमा कस्तो परिणाम आउने थाहा हुने मन्त्रालयको भनाइ छ । 

यो सङ्घीय सरकार अन्तर्गत कार्यान्वयन हुने कार्यक्रम हो । प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कोरिडोर निर्माणमा प्रदेश सरकारले सङ्घीय सरकारलाई पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले सहरी कोरिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीतिक योजना तर्जुमा प्रादेशिक गोष्ठीमा यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी कोरिडोर अघि बढाउन आवश्यक छ । सहरी विकास मन्त्रालयले थालेको अभियानलाई प्रदेश सरकारले महत्वका साथ लिएको छ ।”

वीरेन्द्रनगरमा भएको छलफलले कोरिडोर निर्माणका लागि महत्वपूर्ण खाका तयार पारेको जनाइएको छ । नयाँ मोडलका रूपमा रहेको सहरी कोरिडोरलाई कसरी अघि बढाउने भन्ने विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । केही सामान्य छलफल भएको र विस्तृत अध्ययनका आधारमा अन्य काम अघि बढ्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारूले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज–कोहलपुर–सुर्खेत कोरिडोर निर्माण गर्ने भनिएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर