नेभिगेसन मेनु

घरेलु श्रमको भएन मूल्याङ्कन
सम्पादक:南亚网络电视
समय:2024-03-11 12:30

labour-skt-lalit

फागुन २८ गते । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले घरभित्र महिलाले गरेको कामको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको बताउनुभएको छ । उपाध्यक्ष शाहीले घरेलु कामदार र पारिश्रमिक नलिई काम गर्नेको तथ्याङ्कलाई प्राथमिकता दिनुपर्ने र उनीहरूको श्रमको उचित मूल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो । 

समाजमा पुरुषले गर्ने कामलाई मात्रै मूल्याङ्कन गर्ने तर महिलाले घरपरिवारमा गर्ने कामलाई मूल्याङ्कन नगरेर घरभित्रबाटै भेदभाव सुरु गरिएको उहाँको भनाइ छ । उहाँले महिलाले गर्ने कामलाई पनि पुरुषले सहयोग गरेर समानताको उदाहरण दिनुपर्ने बताउनुभयो । त्यसका लागि सचेतना र आर्थिक सशक्तीकरणलाई जोड दिनु पर्छ । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलाको श्रमलाई मूल्याङ्कन गर्न नसक्ने चुनौती अझै पनि कायमै रहेको बताउनुभयो । उहाँले घरायसी कामलाई अब प्रतिव्यक्ति आम्दानीमा जोड्नु पर्छ भन्दै त्यसका लागि महिलाले गर्ने श्रमलाई सम्मान र मूल्याङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

युवालयका प्रदीप रानाले घरेलु कामदारबिना पारिश्रमिक काम गर्ने श्रमिक नै घरेलु हिंसाको बढी सिकार हुने गरेको पाइएको बताउनुभयो । उहाँले देशका सातै प्रदेशका १३ जिल्लामा गरिएको अध्ययनमा घरेलु कामदार र बिनापारिश्रमिक काम गर्नेको रोजगारको समयसीमा र उचित पारिश्रमिक नभएको, बढी हिंसा भोग्नु परेको, घरमा महिलाले गर्ने कामको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो । 

अब घरेलु कामदार र बिनापारिश्रमिक काम गर्ने श्रमिकको हकहित पनि राजनीतिक एजेन्डा बन्नुपर्ने सुझाव उहाँले दिनुभयो । युवालयका अध्यक्ष धर्मराज रिमालले महिला र पुरुषले गर्ने कामलाई समान रूपमा लिनुपर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर