नेभिगेसन मेनु

सांस्कृतिक झाँकी र्‍यालीसहित सुरु भयो मगर संघको महाधिवेशन
सम्पादक:南亚网络电视
समय:2026-05-24 12:54

 

 #

काठमाडौँ,  जेठ १० गते । पाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । यसै अवसरमा नेपाल मगर संघले झाँकी र्‍याली  आयोजना गरेको हो ।

आज (शुक्रबार) भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी र्‍याली सुरु भई पुतलीसडक हुँदै कार्यक्रम स्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर उद्घाटन समारोहमा परिणत भएको छ। उत्घाटनसत्र प्रज्ञा प्रतिष्ठान हुने र बन्दसत्र नेपाल पुलिस क्लवमा हुने संघले जानकारी दिएको छ।

भूमे नाँच, कौरा, सालैजो, चुड्का सँगै मगर समुदायको सांस्कृतिक पहिचान झल्काउने विविध प्रस्तुति र्‍यालीको मुख्य आकर्षण रहेको छ । आज सुरु भएको महाधिवेशन १० गते सम्म हुने आयोजकले जनाएको छ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यो महाधिवेशनमा मगर समुदायको भाषा, कला, संस्कार र पहिचान संरक्षणका विषयलाई पनि प्राथमिकताका साथ उठाउने संघले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर