नेभिगेसन मेनु

बाँकेमा ग्रासरुट फुटबल प्रशिक्षण सम्पन्न
सम्पादक:南亚网络电视
समय:2026-05-24 12:55

 

 BABABA-87

धम्बोझी, जेठ १० गते  । नेपालगन्ज रंगशालामा एन्फा ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकालाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्दै फुटबल खेलप्रति आर्कषित गर्ने उद्देश्य नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा गत कात्तिक १६ गते देखि ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । 

ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रममा सहभागि बालबालिकालाई समापन कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, कार्यक्रम संयोजक श्याम सुन्दर मल्ल, महिला फुटबल समिति बाँके अध्यक्ष नितु चन्द शाह लगायतले प्रदान गर्नु भएको थियो ।

ग्रासरुट र विभिन्न उमेर समुहका कार्यक्रम मार्फत संघले एक वर्षमा करिब ३ हजार बालबालिकालाई फुटबलमा जोडने प्रयास गरिरहेको अध्यक्ष शाहीले बताउनुभयो ।  

नेपालगन्ज रंगशालामा हप्ताको दुई दिन बिहिबार र शुक्रबारको दिन राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रविन्द्र कुमार श्रेष्ठ, सानु तामाङ्ग, एन्फा प्रशिक्षक युवराज शाही, भोजबहादुर शाही, भिमजंग शाह, टोपबहादुर महतारा, स्मित तामाङ्ग लगायतको टिमले बालबालिकालाई फुटबलका आधारभुत सीपहरु सिकाउने काम गरेको थियो । 

बालबालिकालाई फुटबल खेलमा अभिरुच बढाउन ग्रासरुट कार्यक्रम महत्वपुर्ण भएकोले यसलाई निरन्तरता दिनुपर्ने प्रमुख अतिथी थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई खुसी लाग्यो रंगशालामा यसरी बालबालिका उत्साही भएर खेलिरहनु भएको छ । सानै उमेर देखि बालबालबालिकाहरुमा खेलकुद प्रति आर्कषित गर्न सके भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन उप–महानगरपालिकाले सहयोग गर्नेछ ।’’ 

नेपालगन्ज उपमहानगरपालिकाले ग्रासरुट प्रशिक्षण कार्यक्रमलाई ३ लाख आर्थिक सहयोग गरेको थियो । अध्यक्ष शाहीले आर्थिक अभावका कारण रोकिन लागेको ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रमलाई उपमहानगरपालिकाले आर्थिक सहयोग गरेर निरन्तरता दिने कार्यमा सहयोग गरेको बताउनुभयो । 

बाँके जिल्ला फुटबल संघले ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रमलाई अब निरन्तर रुपमा संचालन गरेर बालबालिकालाई फुटबल खेलप्रति आर्कषित गर्ने योजना बनाएको शाहीले बताउनुभयो । 

ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रममा बालबालिकाको सक्रिय सहभागिताले संघलाई थप काम गर्न उत्साही बनाएको महिला फुटबल समिति अध्यक्ष शाहले बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर