नेभिगेसन मेनु

आज आकाशमा उल्का वर्षाको रमाइलो देखिने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 16:03

tara

मङ्सिर २८ गते । बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।

उहाँका अनुसार यो जुनसुकै ठाउँबाट पनि खुल्ला आँखाले हेर्न सकिनेछ । खगोलविद्ले यो उल्का वर्षलाई ‘जेमिनिड्स’ नाम दिएका छन् । मिथुन राशी अर्थात् जेमिनाईतिरबाट आएको जस्तो देखिने भएकाले यसलाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएको उहाँको भनाइ छ ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनभने उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ । डा. शर्माका अनुसार यो उल्का वर्षा आज मध्यरातिदेखि भोलि बिहान ३–४ बजेसम्म अवलोकन गर्न सकिनेछ ।

“राति पूर्वतर्फ फर्कर हेर्ने हो भने राति १२ बजेपछि बिहान ३–४ बजेसम्म मिथुन उल्का वर्षा देख्न सकिन्छ, यसलाई खुल्ला आँखाले नै हेर्न सकिन्छ,” उहाँले भन्नुभयो । यो धेरै सङ्ख्यामा देखिने भएकाले अरु उल्का वर्षाभन्दा यसलाई विशेष मानिएको उहाँको भनाइ छ ।

यो उल्का वर्षा गत मङ्सिर १८ देखि पुस १ गतेसम्म देख्न सकिन्छ । आज भने उत्कर्षमा पुग्नेछ । पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई बोलिचालीको भाषमा ‘तारा खसेको’ भनेर बुझिन्छ । यो पृथ्वी नआइपुग्ने भएकाले यसले असर भने गर्दैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर