नेभिगेसन मेनु

फिफा विश्वकप : स्पेनको टोली घोषणा, रियलका कोही परेनन्
सम्पादक:南亚网络电视
समय:2026-05-26 12:54

 

 fff-09

काठमाडौँ, जेठ १२ गते । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि स्पेनिस टोलीको घोषणा भएको छ ।

२६ सदस्यीय टोलीमा बार्सिलोनाका आठ खेलाडीले स्थान बनाउँदा रियल म्याड्रिडका एउटै खेलाडी टोलीमा अटाएका छैनन् । 

सन् २०१० को विश्वकप विजेता स्पेन यसपटक समूह ‘एच’ मा रहेको छ । यस समूहमा केप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेको छ । स्पेनले जुन १५ तारिख केप भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी 

स्पेनको विश्वकप टोली

गोलरक्षक : उनाई सिमोन, डेभिड राया र जोआन गार्सिया

रक्षक : मार्क कुकुरेला, अलेहान्ड्रो ग्रिमाल्डो, पाउ कुबार्सी, एमेरिक लापोर्टे, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस लोरेन्टे र पेड्रो पोरो

मिडफिल्डर : पेड्रि, फाबियन रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्रिगो हर्नान्डेज (रोड्री), एलेक्स बाएना, मिकेल मेरिनो र मिकेल ओयार्जाबल

स्ट्राइकर : ड्यानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियस, भिक्टर मुनोज र लामिन यामल

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर