नेभिगेसन मेनु

कांग्रेसको निर्वाचन समीक्षा आज विराटनगरमा, सभापति थापा सहभागी हुने
सम्पादक:南亚网络电视
समय:2026-04-22 13:07

 

 gagans-1-768x512

काठमाडौँ, वैशाख ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर जानुहुने भएको छ।

निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नुहुनेछ भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिनुभयो।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।

कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्ता समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।

पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।

कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिनुभयो।

कांग्रेसले प्रदेशस्तरका समीक्षा कार्यक्रमलाई केवल चुनावी हार–जितको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको छ। विराटनगरको कार्यक्रमलाई कोशी प्रदेश कांग्रेसको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर