नेभिगेसन मेनु

मध्यनेपालमा रैथाने हाटबजार : गुन्द्रुकदेखि निउरोसम्म ब्यापार
सम्पादक:南亚网络电视
समय:2026-05-24 12:52

 

 hat

लमजुङ, जेठ १० गते । लमजुङको मध्यनेपाल नगरपालिकामा रैथाने हाटबजार सुरु भएको छ । किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रबद्र्धन र बजारीकरण गर्ने उदेश्यले मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बजारमा हाटबजार सञ्चालनमा ल्याइएको हो । 

मध्यनेपाल नगरपालिका र कृषि अनुसन्धान परिषद (जीन बैंक) को सहयोगमा सञ्चालित हाट बजार महिनाको दुई दिन शनिबार विहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

हाटबजार सञ्चालन गर्नका लागि वडा नं. ४ का वडाअध्यक्ष रामबहादुर श्रेष्ठको संयोजकत्वमा जनप्रनिधि, किसान, कृषि र पशु शाखाका प्रमुख रहनेगरि सञ्चालन समिती गठन गरिएको छ । 

हाटबजारमा स्थानीय तथा रैथाने उत्पादन र बनजंगलमा पाइने निउरो, कुरिलोलगायतका सामाग्री विक्रीका लागि ल्याइने गरेका छन् । हाटबजार सञ्चालन समितिका संयोजक रामबहादुर श्रेष्ठका अनुसार गाउँमा उत्पादित हरिया तरकारी, कटहर, कर्कलो, केरा, मेवा, जंगलमा पाइने निउरो, कुरिलो, रैथाने बाली फापर, कोदो, कागुनोको पिठो, हस्तकलाका सामाग्रीहरु डोका नाम्ला, थुन्से, कुचो, मादल, ठेकीलगायत सामाग्री विक्रीका लागि ल्याइने गरेका छन् । 

नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले स्थानीय किसानले उत्पादन गरेका उपजलाई बजारीकरण गर्न र पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन हाटबजारले सहयोग मिलेको बताउनुभयो ।

उहाँले हाटबजारमा स्थानीय उत्पादन, रैथाने परिकार र हस्तकलाका सामाग्रीले बजार पाएको बताउनुभयो । नगर उपप्रमुख सीता गुरुङले उत्पादित कृषि वस्तु विक्री गर्न पाउँदा किसानहरु खुसी भएको बताउनुभयो । 

हाटबजार सञ्चालन समितिका सदस्य एवं किसान बालकुमार जोशीले हाटबजार सञ्चालनलाई नियमित गर्न सकेमा किसानको मनोबल उठाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले किसानको चिन्ता भनेकै उत्पादन भएको बस्तुले बजार पाउँदैन कि भन्ने हो । बजार सुनिश्चित भयो भने किसानपनि उत्पादनमा लाग्न पाउँछन् ।”

नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा मध्यनेपालमा परम्परागत कोदो र कागुनो खेतीको प्रवद्र्धनात्क कार्यक्रम गरिएको छ । परिषदका प्रमुख बालकृष्ण जोशीका अनुसार मध्यनेपाल–५ समिभञ्याङमा विभिन्न प्रजातिका कोदो र कागुनो खेतीको संरक्षण र खेती गरिएको छ । 

यिनै खेतीका परिकारको विक्रीका लागि पनि हाटबजार सञ्चालनमा ल्याइएको वडा नं. ५ का वडाध्यक्ष ओमवीर गुरुङले बताउनुभयो । सोतीपसलमा कोदोको विष्कुटलगायतका रैथाने परिकार बनाउन पनि थालिएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर