नेभिगेसन मेनु

लामो बिदामा मुस्ताङमा स्वदेशी पर्यटकको चाप
सम्पादक:南亚网络电视
समय:2026-05-31 16:10

 

 mustang

काठमाडौँ, जेठ १७ गते । लगातार चार दिनको सार्वजनिक बिदाका कारण मुस्ताङमा घुम्न आउने स्वदेशी पर्यटकको चाप बढेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै एकै दिन झण्डै आठ हजार नेपाली पर्यटक मुस्ताङ प्रवेश गरेका छन् ।

बिहीबारदेखि आगामी आइतबारसम्मको बिदा मनाउन बिहीबार मात्रै सात हजार ८ सय २७ जना नेपाली पर्यटक सडकमार्ग हुँदै मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सीमा प्रहरी चौकी घाँसाबाट चार हजार सात सय २३ जना पुरुष र तीन हजार एक सय चार जना महिला विभिन्न सवारीसाधनमार्फत मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, “बिदाको समयमा मुस्ताङमा घुम्न आउनेको अत्यधिक भिड लागेको छ । लामो बिदामा पर्यटकको चाप निकै बढ्ने गर्छ ।”

स्वदेशी पर्यटकको आगमनसँगै मुस्ताङका साना–ठूला होटल भरिभराउ भएका छन् । बिहीबार, शुक्रबार र शनिबार अझ धेरै पर्यटक भित्रिने अनुमान गर्दै प्रहरीले सडकखण्डमा गस्ती बढाउनुका साथै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुन सक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार स्वदेशी पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ ।

अध्यक्ष लालचनले भन्नुभयो, “सार्वजनिक बिदा थपिएपछि घुम्न आउनेको चहलपहल ह्वात्तै बढेको छ । प्रतिकूल मौसमका कारण पर्यटकले केही सास्ती पनि खेप्नुपरेको छ ।”

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढीपहिरोका कारण एकतर्फी सवारी सञ्चालन हुँदा लामो समयसम्म ट्राफिक जाम हुने गरेको छ ।

प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङी कला–संस्कृति, हावापानी तथा आकर्षक पर्यटकीय गन्तव्यहरू मुस्ताङका प्रमुख आकर्षण मानिन्छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर