नेभिगेसन मेनु

सडकका सात ठुला योजना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-23 12:33

prubhadhar-office

पुस ७ गते । पूर्वाधार विकास कार्यालय म्याग्दीले जिल्लामा सडक स्तरोन्नति र मोटरेबल पुलका सात वटा ठुला योजना कार्यान्वयनका लागि अगाडि बढाउने भएको छ । उक्त सडक र पुलका योजना सम्पन्न भएपछि ग्रामीण भेगलाई सदरमुकाममा जोड्न उपयोगी हुने आशा गरिएको छ । 

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटमार्फत पाँच वटा सडकका योजना र दुई वटा पुल गरी सात वटा ठुला योजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।  

ती योजनाको कुल लागत करिब एक अर्ब रुपियाँभन्दा बढी छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णु पौडेलले चालु आर्थिक वर्षमा ती योजनालाई बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लैजान करिब २० करोड तीस लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । उहाँले अनुमानित २० करोडको बेनी–तोरीपानी–पाखापानी सडक र २५ करोड रुपियाँ अनुमान गरिएको म्याग्दीको पश्चिम भेग हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन लागिएको जानकारी दिनुभयो । प्रदेशको आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता गरेको पत्र प्राप्त भएको उहाँको भनाइ छ । 

प्रमुख पौडेलले भन्नुभयो, “सडक र पुल गरी सात वटा ठुला योजना बहुवर्षीय ठेक्का लगाउन आवश्यक प्रक्रिया थालेका छौँ । तीमध्ये दुई वटा सडक योजनाको स्रोत सुनिश्चित भयो । तीन वटा योजना प्रस्ताव गरेका छौँ र थप दुई योजनालाई प्रदेश सरकारसमक्ष प्रस्ताव पठाउने तयारी गरेका छौँ ।” उहाँका अनुसार बेनी–तोरीपानी–पाखापानी सडकखण्डको अर्थुङ्गेदेखि अगाडि करिब साढे चार किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे र ढलान गरिने छ ।  

धवलागिरि गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको ताकम धारापानीदेखि सात किलोमिटर अगाडि सिवाङसम्मको सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैत महिनासम्म ठेक्का लगाई योजना कार्यान्वयन थालिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । मालिकाको दरबाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि चार करोड विनियोजन गरिएको छ । मङ्गलाको पोखेर–बरन्जा हुँदै बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक र बेनीको हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै मुसुङ सडक योजनामा दुई दुई करोड बजेट विनियोजन भएको छ । यसै गरी मालिकाको दरबाङ–अदिभरा, डाँडागाउँ–सोले हुँदै बागलुङको तमान बुर्तिबाङ जोड्ने सडक योजनाका लागि दुई करोड रुपियाँ विनियोजन भएको छ । यस्तै सडक पुलतर्फ धवलागिरि गाउँपालिकाको खोरियादेखि लमजुङ जोड्न दरखोलामा मोटरेबल पुल निर्माणका लागि ८० लाख रुपियाँ, मालिका गाउँपालिका–७, बिम र धवलागिरि गाउँपालिका–६, मराङ जोड्ने शिवरात्रि खोलामा पुल निर्माणका लागि पचास लाख रुपियाँ बजेट विनियोजन भएको छ । विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्कामार्फत योजना कार्यान्वनयमा लैजाने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर पौडेलले बताउनुभयो । 

आगामी दुई वर्षभित्र उक्त योजना सम्पन्न गरी थप सडक निर्माणलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्ने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले बताउनुभयो । उहाँले भन्नुभयो, “म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ–ताकम धारापानी–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडकलाई पूर्णता दिएर मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्ने योजना छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर