नेभिगेसन मेनु

बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-20 12:53

pakrau

पुष ४ गते । नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।

नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । 

उनीहरूलाई मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । उक्त दफाअनुसार जबर्जस्ती  बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर