नेभिगेसन मेनु

ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 16:29

dragon-farm

मङ्सिर २८ गते । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी गर्नुभएको छ ।

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले सञ्चालनमा गर्नुभएको फार्ममा लगाईएको सिँउडी फल (ड्रागन) खेतीले एक वर्षको अवधिकमा १३ औं पटक उत्पादन दिएको छ । फल धेरै फलेर राम्रो आम्दानी दिन थालेपछि कृषक गोली उत्साहित छन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी गौलीले एक वर्षको अवधि १२ छिमालसम्म गरी दुई हजार पाँच सय किलोग्राम उत्पादन भएको जानकारी दिनुभयो ।  

यस्तै, एक वर्षको अवधिमा १२ लाख रुपियाँको ड्रागन फल बिक्री गरेको उहाँले बताउनुभयो । विसं २०७९ वैशाख १८ गते व्यवसाय थाल्नुभएकी कृषक गौलीले पहिलो वर्षमै राम्रो ड्रागन बिक्री गर्न सफल हुनुभयो । फार्ममा उत्पादन भएका ड्रागन दमौली बजार क्षेत्रमा खपत हुने गरेको उहाँले बताउनुभयो । 

वैशाखमा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुने उहाँले बताउनुभयो । उत्पादित ड्रागन प्रतिकिलो रु.पाँचसयदेखि रु.छ सयसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । 

"गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ", उहाँले भन्नुभयो, "यस वर्षदेखि उत्पादन दिन सुरु गरेको हो । एक करोड रुपियाँमा र्फाम सञ्चालन गरेको ४२ लाख ५० रुपियाँ लगानी गर्नुभएको छ । साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु ।" 

फार्ममा पाँच सय २५ पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रु.दश हजारका दरले खर्च भएको उहाँको भनाइ थियो । एक वर्षमा आठौं छिमलसम्म फलफूल फल्छ भनेर बिरुवा लगाएको भएपनि १३ औं पटकसम्म फलेको गौली बताउनुहुन्छ । गौली बिरुवाको रोग रोकथाम गर्न अर्गानिक बिषादीको प्रयोग गर्नुहुन्छ असुरो, तितेपाती, निमको पात, खिर्रो, बनमासा, सिमाली र गौमूत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

चार लाखको ड्रागनका बिरुवा बिक्री 

त्यसैगरी कृषक गौलीले यस वर्ष चार लाखभन्दा बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रति बिरुवा रु.दुई सयदेखि रु.पाँच सयसम्म बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो । सानो बिरुवालाई दुई सय ठुलोलाई पाँच सय सम्ममा बिक्री गर्ने गरेको गौलीले बताउनुभयो । १६ वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी हुनुभएको हो । 

स्थानीय स्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडा लगायत सामग्री दमौलीस्थित कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर