नेभिगेसन मेनु

नगर प्रहरीमाथि हातपात गर्ने व्यवसायी पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-11 13:56

pppp-(1)

मङ्सिर २५ गते । ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरीमाथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटकपटक त्यसो नगर्न आग्रह गर्दा समेत अटेर गरेपछि नगर प्रहरीले सामान हटाउन लाग्दा उनी आक्रमणमा उत्रिएका हुन् ।

"उहाँलाई हामीले पटक पटक फुटपाथ खालि गर्न आग्रह गर्‍यौँ, तर उहाँले सधैँ अटेर गर्नुभयो । सामान हटाउन खोज्दा अपशब्दले गाली गर्नुभयो र प्रहरीको गाडी मै आएर हातपात गर्नुभयो," नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भन्नुभयो । हाल नगर प्रहरीले बजार क्षेत्रको फुटपाथ खालि गर्ने अभियान चलाइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर