नेभिगेसन मेनु

लोकल रक्सी ब्राण्डिङको काम सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 13:04

drjedtg

मङ्सिर २० गते । स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

खाँणले भन्नुभयो,“नगरको आर्थिक वृद्धिका लागि घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्य सुरु गर्न लागेका हौं ।” यसले नगरपालिकाको करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिक आत्मनिर्भर हुने उहाँको भनाई छ । 

राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने उपप्रमुख कविता तिवारी गैह्रेको भनाई छ । यसबाट पालिका भित्रका एक हजार पाँच सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सिपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताउनु भयो । 

स्थानीय स्तरमा उपलब्ध कोदोको साथै आँप, लिची, चिउरी, बेलौती,भूई स्याउ लगायतका फलफूलहरूको उपयोग गरी मदिरा उत्पादन हुँदै आएको पालिकाको भनाई छ । यस्ता फलफूलहरु खेर जान नदिन पनि मदिरा उत्पादनलाई व्यावसायिक बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।  

मङ्गलबार बसेको छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र विज्ञहरुको सहभागिता रहेको थियो । पालिकाले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर