नेभिगेसन मेनु

लम्पी स्किनबाट पीडित किसानलाई राहत
सम्पादक:南亚网络电视
समय:2023-11-28 17:30

ण

दमौली (तनहुँ), मङ्सिर १२ गते । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु दश हजारका दरले राहत वितरण गरिएको हो । 

व्यवसाय पुनः स्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सात वटै वडाका किसानलाई गरी कूल तीन लाख ५० हजार राहत प्रदान गरिएको छ । 

लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बिमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष महामारीका रूपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए । गाउँपालिका भर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बिमा गरिएको थियो । बिमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।”

किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भन्नुभयो, “लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो । हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो । पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनः स्थापन कार्यक्रम ल्याएका हौँ ।”

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.विनय शाहका अनुसार गाउँपालिकाका सात वटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए । उहाँका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाई भैँसीलाई उक्त खोप लगाइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर