नेभिगेसन मेनु

भूकम्पको धक्काले अवरुद्ध सडक अझै खुलेन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-08 12:36

sdghsdf

कात्तिक २२ गते । जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुन चौपारि १ सडक पाँच दिन खुल्ला यात्रुले सास्ती भोग्नु परेको छ । भूकम्पको धक्काबाट अवरुद्ध सडक गोल्डेन गुड बानियाँ जेभिको लापरवाहीका कारण पाँच दिन देखि खुल्न नसकेको हो । 

अर्जुन चौपारि हेलु सडकको माटेथरमा खण्डमा भूकम्पको कम्पनले बाटो माथिबाट सुक्खा पहिरो जाँदा अवरुद्ध भएको थियो । बाटो कालोपत्रे गर्ने क्रममा हल्लिएको भित्ता भूकम्पको कम्पनले गत १७ गते रातीबाट अवरुद्ध भए पनि निर्माण व्यवसायीले बाहानबाजी गर्दै खोल्न नचाहेको हो । 

चर्केका कारण फेरी ढुङ्गा खस्ने भन्दै जोखिम मोलेर सडक खोल्न नसकिने बताउँदै निर्माण व्यवसायीका इन्जिनियर धमेन्द्र ठाकुरले मिलाएर बाटो खोल्ने बताउनुभयो । पर्वत जिल्लासँग जोडिएको सडक अवरुद्ध हुँदा यहाँका सवारीसाधन जोखिम मोलेर दरौँ खोलाको बाटो हिडन बाध्य भएका छन् । ढुङ्गा र माटोले करिब तीस मिटर बाटो अवरुद्ध भएको बताउँदै स्थानीय अर्जुन गोदारले एक घण्टामा खोल्ने बाट पाँच दिन सम्म नखुल्नु चरम लापरबाही भएको बताउनुभयो । 

बाटो नखुल्दा एम्बुलेन्सले समेत वैकल्पिक बाटो खोच्नु परेको छ भने अवरुद्ध सडकका कारण बिरामीले जोखिम मोल्नु परेको छ । निर्माण कम्पनीले अर्जुन चौपारि सडक पूर्वाधार विकास कार्यालय स्याङ्जासँग पटक पटक म्याद थपेर काम आएको छ । तोकिएको मितिमा काम सक्न पर्ने सरकारको नीति रहे पनि २०७६ पुस १६ गते तीन वर्षमा काम सक्ने गरी सम्झौता अगाडी बढाएकोमा अझै सम्म सम्पन्न हुने सकको छैन । 

साढे छ किलोमिटर लम्बाई र नाला सहित साढे सात मिटर चौडा सडकलाई कालोपत्रे गर्ने गरी ११ करोड ९७ हजार ९२५ रुपियाँ १३ पैसामा  निर्माण कम्पनीले सम्झौता गरेको थियो । निर्माण कम्पनीले ठेक्का १८ करोड रुपियाँको ३८.८३ प्रतिशत रकम छोडेर सम्झौता गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर