नेभिगेसन मेनु

दसैँको मुखमा भाडा दर वृद्धि हुँदैन, बढी भाडा असुले कारवाहीः मन्त्रालय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-06 13:40

aSDGVA

काठमाडौँ,  असोज १९ गते । सर्वसाधारण यात्रुको ढाँड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । पटक पटकको भाडा वृद्धिले हैरान बनेको सर्वसाधारणलाई फेरी पनि भाडा वृद्धि गर्न माग गरे पनि मन्त्रालयले भने स्वीकृति दिएको छैन । 

भौतिक पूर्वाधार यातायात मन्त्रालयका यातायात व्यवस्थापन शाखाका सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठका अनुसार भाडा दर बढाउनेबारे कुनै निर्णय भएको छैन बढाएको पाएमा कडा कारबाही गछौँ । जनतालाई सेवा सुविधा दिनु पनि व्यवसायीको कर्तव्य हो मनपरी असुल गर्ने मात्र ध्यानमा व्यवसायी लाग्नु नहुने उहाँको भनाई छ । 

यता व्यवसायीले दसैँ तिहारका लागि अग्रिम टिकट खोल्नु पर्ने भए पनि हालसम्म नखोलेको र भाडा दर वृद्धि गरेपछि मात्र खोल्ने तयारी गरेको एक व्यवसायीले जानकारी दियो । तर अग्रिम टिकट खोल्नेबारे तत्काल कार्य अगाडी बढाउन मन्त्रालयले निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । त्यस कारण भाडा दर बढ्नुपर्ने कुनै कारण छैन, उहाँको भनाई छ । 

चैत्रमा मूल्य समायोजन गर्नुपर्ने भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने भन्दै व्यवसायीहरूले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले गत चैत्रमा समायोजन गर्ने भनेको भाडा दर नबढाएसम्म अग्रिम टिकट गाह्रो हुन्छ । उहाँले भन्नुभयो, “सरकारले चैत्रमा समायोजन गर्नुपर्ने भाडा अहिलेसम्म समायोजन गरेको छैन । हाम्रो माग यही हो । भाडा समायोजन नगरेसम्म टिकट खोल्दैनौ । तर सरकारले भने जनताको हितमा पनि व्यवसायी लाग्नु पर्ने भन्दै भाडा दरमा कडाइका साथ अनुगमन गर्ने जनाएको छ । 

व्यवसायीले पहिलेदेखि नै सडकको अवस्थालाई जनाउँदै पटक पटक भाडा दर बढाउन माग गर्दै आए पनि आधार पुष्टि नभएको भन्दै मन्त्रालयले वृद्धि गर्न स्वीकृति दिएको छैन । दसैँ तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुका लागि सहुलियत दिनुपर्ने भएकाले अहिले भाडा बढाएर यात्रुलाई अप्ठ्यारो पार्ने मनसायमा सरकार नभएको श्रेष्ठले बताउनुभयो ।

असोज १७ गते (बुधवार) बसेको पूर्वाधार विकास समितिको बैठकले चाडपर्वको समयमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन सवारीको अवस्था परीक्षण गरेर मात्र चलाउन सुझाव दिएको छ । महँगोमा टिकट बेच्नेलाई कारबाही, सिट क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्न समेत समितिले सुझाव दिएको छ । होटेलको सरसफाइका साथै खानाको गुणस्तर चेकजाँच, नागरिक सहायता कक्षको स्थापना साथै सवारीको छड्के जाँच गर्न पनि सुझाव दिएको छ । 

सवारी व्यवस्थापनका लागि पहिले सार्वजनिक सवारीको व्यवस्थापन नै गरिने र अपुग भएको खण्डमा निजी सवारी साधन थप्ने योजना रहेको उहाँले सुनाउनुभयो ।  उहाँले भन्नुभयो, “दसैँमा बढी भिडभाड हुने भएकाले सवारीको व्यवस्थापनमा पहिलो प्राथमिकता सार्वजनिक सवारीलाई दिनेछौँ । त्यसपछि आवश्यक परेको खण्डमा निजी सवारीलाई पनि प्रयोग गर्नेछौँ ।” सवारीको सम्बन्धमा सबै सरोकार पक्षसँग निरन्तर संवाद भइरहेकाले चाडपर्वमा भाडा बढ्ने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ । 

काठमाडौँको सुनधारामा भेटिनुभएका कालिकोटका चक्र शाहीले दसैँमा लामो दुरीमा चल्ने सवारीको भाडा दर बढाउने कुरा सुन्दा आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दसैँमा लामो दुरीमा चल्ने सवारी साधनको भाडा दर बढाउनका लागि प्रस्ताव गरेको सुनियो । यस्तो समयमा मूल्य वृद्धि गर्दा हामीले कसरी तिरेर घर जाने ?”

यस्तै यातायात व्यवस्था विभागले भने तत्काल भाडा बढ्ने सम्भावना नरहेको बताएको छ । विभागका सूचना अधिकारी ईश्वरदत्त पनेरुका  अनुसार यातायात व्यवसायीले भनेर मात्र भाडा बढाउन सकिने अवस्था छैन । उहाँले भन्नुभयो, “यातायात व्यवसायीको मागले मात्र भाडा दर बढ्ने कुरा हुँदैन । तत्काल पेट्रोलियम पदार्थको भाडा पनि बढेको छैन । अन्य केही कारण पनि छैन त्यसैले भाडा दर बढ्दैन ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर