नेभिगेसन मेनु

फेरि बढ्यो पेट्रोल डिजेल र ग्यासको भाउ
सम्पादक:南亚网络电视
समय:2023-10-01 14:28

gyas-petrol

पेट्रोल,डिजेल,मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढेको छ। नेपाल आयल निगमले आइतबार देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धको भाउ बढाएको हो।

निगमले शनिबार राती एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ६ रुपैयाँ बढाएको उल्लेख गरेको छ। साथै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँले बढाइएको छ।

हवाई इन्धन आन्तरिकतर्फ लिटरमा ८ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोमिटर ६० डलर (प्रति लिटर करिब ८ रुपैयाँ) बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३४ पैसा, डिजेलमा चार रुपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रुपैयाँ ४५ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर