नेभिगेसन मेनु

चाडपर्व लक्षित बजार अनुगमन
सम्पादक:南亚网络电视
लेखक:गोरखापत्र
समय:2023-09-07 15:55

Bazar-Anugaman-Annapurna-(3) (1)

म्याग्दी, भदौ २१ गते । जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी तथा दाना क्षेत्रको बजार अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका अखाद्य सामग्रीहरु नष्ट गरिएको छ ।

ग्रामीण भेगमा खासै बजार अनुगमन नहुने हुँदा अखाद्य तथा म्याद गुज्रेका सामग्रीहरु बिक्री वितरण बढी भएकाे देखिन्छ ।

पर्यटकीय क्षेत्र मुस्ताङको प्रवेश नाकाको रुपमा रहेको म्याग्दीको उत्तरी भेग अर्थात् कालिगण्डकी करिडोरको म्याग्दी खण्डका पसलहरुमा अखाद्य सामग्रीहरु बिक्री वितरण भएको खण्डमा तिर्थाटनका लागि आउने धार्मिक पर्यटकको स्वास्थ्यका लागि बढी जोखिम हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर बजार अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६, २ र ३ का होटल, खाद्यान्न, वर्कसप, मेडिकल, कस्मेटिक, इलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको हो । अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गतको बेनी–जोमसोम सडक अन्तर्गत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा सञ्चालित ७० वटा व्यावसायिक फर्महरुको अनुगमन गरिएको सुवेदीले जानकारी दिनुभयो । 

३५ वटा होटल, २५ वटा किराना पसल, तीन वटा वर्कसप, एउटा मेडिकल, तीन कस्मेटिक, र तीन इलेक्ट्रोनिक्स पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका तथा अखाद्य वस्तुहरू नष्ट गरिएको थियो । अनुगमन टोलीले दर्ता नवीकरण सम्बन्धी जानकारी दिनुका साथै कालोबजारी नियन्त्रण गरी गुणस्तरीय सामानहरु मात्रै बिक्रीका लागि राख्न आग्रह गरेको थियो । 

बजार व्यवस्थित हुनका लागि उपभोक्तानै चनाखो हुनु पर्नेतर्फ पनि सचेतना जगाउने प्रयास गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयले जिल्लाको सदरमुकाम बेनीबजार बाहेक जिल्लाभित्रका सहायक बजारमा समेत अनुगमन तीव्र पारेको र अब चाँडबाडमा उपभोक्ताहरु ठगिन सक्नेतर्फ ध्यान दिँदै सबै सचेत हुनपर्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो । अनुगमनको क्रममा भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न गाउँपालिकाले व्यापारीहरुलाई निर्देशन समेत गरेको शर्माले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, बजार अनुगमन एकाइका सचिव एवम् प्रशासकीय अधिकृत भगवती खड्कालगायतको टोलीले तीन समूह विभाजन गरेर अनुगमन गरेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर